१० महिनादेखि जगेडामा थन्काइएका सहसचिवले बल्ल पाए जिम्मेवारी

अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी नारायणप्रसाद सापकोटाले पाएका छन् । गत चैत १२ मा अर्थ मन्त्रालय भित्रिएका सहसचिव सापकोटाले साढे दुई महिनापछि बल्लबल्ल जिम्मेवारी पाएका हुन् ।

बिज्ञापन

झण्डै १० महिनापछि  सहसचिव सापकोटाले  जिम्मेवारी पाएका छन् । राजश्व अनुसन्धान विभागका महानिर्देशक रहेका सापकोटालाई ९ महिनासम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जिम्मेवारीविहिन बनाइ पेण्डुलम बनाइएको थियो । त्यहाँबाट चैत १२ अर्थ मन्त्रालयमा पुगेका सापकोटाले बल्ल जिम्मेवारी पाएका हुन ।

बिज्ञापन

सापकोटालाई राजश्व अनुसन्धान विभागबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा तानेर त्यहाँ नवराज ढुङ्गनालाई खटाइएको थियो । ढुङ्गनाले उक्त कार्यालय ९ महिना कमाण्ड गरेर अहिले परराष्ट्रमा लगेर थन्काइएको छ ।परराष्ट्रमा उनका लागि बस्ने कोठा र कुर्चीको समेत व्यवस्था गरिएको छैन । यस्तै भुक्तामान भोग्दै आएका थिए सापकोटाले ।  अर्थ मन्त्रालयमा पुगेका सापकोटालाई दुई महिनापछि बल्ल कर्मचारी प्रशासन महाशाखाको हाकिमको जिम्मेवारी दिइएको छ । उक्त शाखा हेर्दै आएका डा टोकराज पाण्डेलाई जगेडामा थन्काइएको छ । यस अघि स्वास्थ्यको सहसचिव राधिका थपलियाले झण्डै २० महिनासम्म जगेडामा थन्काएर केही अघिमात्र जिम्मेवारी दिएर खटाइएको थियो ।

सरकारले अघिल्लो आर्थिक बर्षमा कर्मचारीलाई अतिरिक्त समूहमा थन्काएर १८ करोड ४८ लाख भुक्तानी गरेको छ । निजामती सेवा ऐन अनुसार,कुनै पनि कर्मचारीलाई दुई महिनाभन्दा बढी जिम्मेवारविहिन बनाउन नमिल्ने भए पनि तीन महिनादेखि १० महिनासम्म जिम्मेवारी नदिइ पेण्डुलम बनाउने गरेको पाइएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष