२४ घण्टालाई रघुवीर महासेठ कार्यबहाक प्रधानमन्त्री

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

बिज्ञापन

प्रधानमन्त्री पुष्पकमल दाहाल  भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्रसचिव सेवा लम्साल, परराष्ट्रका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख भृगु ढुंगानाहरुलाई साथ लगाएर दिल्ली उडेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन् । उनी एक रातका लागि मुलुकको कार्यबहाक प्रधानमन्त्री सम्हाल्नेछन ।

बिज्ञापन

‘प्रधानमन्त्री पुष्पकमल दाहाल छिमेकी मित्रराष्ट्र भारतका नवनियुक्त प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुन संवत् २०८१ साल जेठ २७ गते आइतबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सम्हाल्ने गरी तोक्नु भएको छ’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नयाँ दिल्लीमा हुने भारतका नवनियुक्त प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रचण्ड आइतबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका हुन् ।​प्रधानमन्त्री प्रचण्ड मोदीको शपथग्रहण समारोहमा सहभागी भई सोमबार साँझ ६ बजे स्वदेश फर्कने कार्यक्रम छ ।उक्त समयसम्मका लागि कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री महासेठले सम्हाल्नेछन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रहरीकै परीक्षामा ‘खेताला’ उमेद्धारको विगविगी : एकै पटक सात पक्राउ

७ प्रतिशतले घट्यो शेयर कारोवार

९ बाणिज्य बैंकको नाफा घट्यो

पत्रकारलाई ‘दलाल’को बात,गृहमन्त्रीका ‘पूर्व पिए’ सिडिओलाई आपत

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बोस्टनमा गुन्जिदै नेपथ्य ब्याण्ड

तीन दिनभित्रैमा पारित गर्ने भनिएको निजामती विद्येयकमा अझैं छन् दर्जन असहमति

सिंहदरबारमा ‘चन्दने’को आतंक,भूमि र सामान्यका कर्मचारी सरुवामा हावी

बिशेष