२४ घण्टालाई रघुवीर महासेठ कार्यबहाक प्रधानमन्त्री

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

बिज्ञापन

प्रधानमन्त्री पुष्पकमल दाहाल  भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्रसचिव सेवा लम्साल, परराष्ट्रका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख भृगु ढुंगानाहरुलाई साथ लगाएर दिल्ली उडेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन् । उनी एक रातका लागि मुलुकको कार्यबहाक प्रधानमन्त्री सम्हाल्नेछन ।

बिज्ञापन

‘प्रधानमन्त्री पुष्पकमल दाहाल छिमेकी मित्रराष्ट्र भारतका नवनियुक्त प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुन संवत् २०८१ साल जेठ २७ गते आइतबार त्यसतर्फ प्रस्थान गर्नुहुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सम्हाल्ने गरी तोक्नु भएको छ’ राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नयाँ दिल्लीमा हुने भारतका नवनियुक्त प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रचण्ड आइतबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका हुन् ।​प्रधानमन्त्री प्रचण्ड मोदीको शपथग्रहण समारोहमा सहभागी भई सोमबार साँझ ६ बजे स्वदेश फर्कने कार्यक्रम छ ।उक्त समयसम्मका लागि कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री महासेठले सम्हाल्नेछन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

बिशेष