प्रधानमन्त्री कार्यालयमै महिनौ अड्कियो २७ सहसचिवको पदस्थापन

प्रधानमन्त्री कार्यालयमा १४ सहसचिव बरण्डामा छन् । सामान्य प्रशासनबाट बढुवा सिफारिस भएर आएका २७ सहसचिवको प्रमाणीकरण हुन सकेको छैन महिना दिनदेखि । आठ महिना बढी भयो संघीय निजामती सेवा विद्येयक प्रधानमन्त्री कार्यालयको घर्रामा थन्किएको । निजामती प्रशासन निकम्मा भयो, म निजामती कर्मचारी हुँ भन्दा लाज र पीडा हुने स्थिति बन्दैछ र मुख्यसचिवमाथि अभिभावक बन्न नसेखाएका बैकुण्ठ अर्याल निजामती कर्मचारीको अभिभावक नसेकेको आरोप लाग्दैछ ।

बिज्ञापन

उपसचिवबाट उक्लिएर सहसचिव बनेका २७ कर्मचारीको सूची सामान्य प्रशासनबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको तीन साता बढी भयो तर मुख्यसचिव बैकुण्ठ अर्यालले प्रमाणीकरण नगरिदिँदा उनीहरुको पदस्थापन अड्किरहेको छ । २७ सहसचिवलाई पदस्थापन गर्न ठूलै सकस परिरहेको छ सरकारलाई । कारण उनीहरुलाई पदस्थापन गरिँदा पूराना सहसचिव चलाउनु पर्ने स्थिति छ । यसो हुँदा झण्डै ४५ सहसचिव यता उता हुने हुँदा आफ्ना मान्छे नहटाउनेदेखि आफ्नो मान्छे लैजानसम्म शक्तिकेन्द्रहरुको संघर्षको कारण महिना दिनसम्म पनि बढूवा भएका सहसचिवहरुको पदस्थापन हुन नसकेको ती कर्मचारीहरुको बुझाई छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

२१ सहसचिवहरूको सरुवा

२१ सहसचिवको सरुवा : तीनलाई प्रदेशमा घुमाइँदा चार उक्लिए सिंहदरबार

राजदूत घिमिरेले दिए राजीनामा

बालेनविरुद्ध साइबर व्युरोमा जाहेरी,राहदानी रोक्का र तत्काल पक्राउ गर्न माग

कर अधिकृतसहित २ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

बेलायतबाट स्वदेश फिर्ता हुन लागे राजदूत घिमिरे

महाधिवेशन बिना चुनावमा जानु उचित होइन : मोहन आचार्य

अब प्यान नम्बर लगायतका करसम्बन्धी सेवाहरु स्थानीय तहबाटै पाइने

बिशेष