रसुवाका पाँच पालिका :- सबैभन्दा बढी बेरुजु कालिका,सबैभन्दा कम उत्तरगयामा

रसुवा जिल्लाका पाँच पालिकाहरु मध्ये सबैभन्दा बढी बेरुजु कालिका गाउँपालिमा भएको पाइएको छ । आर्थिक बर्ष ०७९/ ८० को लेखापरीक्षण प्रतिवेदन अनुसार कालिका गाउँपालिकामा सबैभन्दा बढी बेरुजु रहेको विवरण सार्वजनिक भएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औँ बार्षिक प्रतिवेदन अनुसार कालिका गाउँपालिकाको बेरुजु ४ दशमलव २४ प्रतिशत रहेको पाइएको छ । उक्त पालिका अहिले रसुवाका सांसद मोहन आचार्यका उत्तराधिकारीका रुपमा हेरिएका हरिकृष्ण देवकोटाले कमाण्ड गरिरहेका छन् ।
विवरण अनुसार,रसुवाका पाँच पालिकामध्ये सबैभन्दा कम बेरुजु उत्तरगया गाउँपालिकामा रहेको विवरण उृक्त कार्यालयले सार्वजनिक गरेको छ । रसुवाका पाँच पालिकामध्ये उत्तरगया सबैभन्दा कम बेरुजु भेटिएको हो । उक्त पालिकाको बेरुजु रकम शून्य दशमलव ६० प्रतिशत रहेको छ । सो पालिका अहिले नेकपा एमालेका केन्द्रीय सदस्य माधव अर्यालले कमाण्ड गरिरहेका छन् । उपाध्यक्षमा दोश्रो पटक चमेली गुरुङ कुर्सीमा छिन् ।

बिज्ञापन

यस्तै आमाछोदिङ्मो गाउँपालिकाको बेरुजु ३ दशमलव ५३ प्रतिशत,नौकुण्ड गाउँपालिकाको २ दशमलव २३ र गोसाइकुण्ड गाउँपालिकाको बेरुजु १ दशमलव ८५ प्रतिशत रहेको महालेखाले जनाएको छ । विवरण अनुसार रसुवाका पाँच पालिकामध्ये सबैभन्दा कम बेरुजु उत्तरगया र सबैभन्दा धेरै बेरुजु कालिका गाउँपालिकामा रहेको भेटिएको हो ।

बिज्ञापन

महालेखापरीक्षकको कार्यालयले देशैभरका ७५३ मध्ये ७४८ पालिकाको प्रतिवेदन सार्वजनिक गरेको छ ।सबैभन्दा अधिक बेरुजु भएको एक पालिकाको बेरुजु १५ प्रतिशतसम्म रहेको महालेखाले प्रतिवेदनमा जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शाखा अधिकृत हुँ भनी व्यक्तिकाे तथ्यांक लिन खोज्ने एक पक्राउ

स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखाको प्रमुखमा डा. दास

चार शाखा अधिकृत उपसचिव सिफारिस

कर्मचारीले चुनावी पोस्ट लाइक, कमेन्ट, सेयर गर्न नपाउने

प्रमुख प्रशासकिय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर,सरकारी जग्गा व्यक्तिलाई दिएको आरोप

सर्वोच्चको फैसला उल्ट्याएर नामसारी: मालपोत बाँकेका पूर्व प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत कार्यालय प्रमुखसहित नासु–खरिदारको सरुवा

टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला

बिशेष