रसुवाका पाँच पालिका :- सबैभन्दा बढी बेरुजु कालिका,सबैभन्दा कम उत्तरगयामा

रसुवा जिल्लाका पाँच पालिकाहरु मध्ये सबैभन्दा बढी बेरुजु कालिका गाउँपालिमा भएको पाइएको छ । आर्थिक बर्ष ०७९/ ८० को लेखापरीक्षण प्रतिवेदन अनुसार कालिका गाउँपालिकामा सबैभन्दा बढी बेरुजु रहेको विवरण सार्वजनिक भएको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औँ बार्षिक प्रतिवेदन अनुसार कालिका गाउँपालिकाको बेरुजु ४ दशमलव २४ प्रतिशत रहेको पाइएको छ । उक्त पालिका अहिले रसुवाका सांसद मोहन आचार्यका उत्तराधिकारीका रुपमा हेरिएका हरिकृष्ण देवकोटाले कमाण्ड गरिरहेका छन् ।
विवरण अनुसार,रसुवाका पाँच पालिकामध्ये सबैभन्दा कम बेरुजु उत्तरगया गाउँपालिकामा रहेको विवरण उृक्त कार्यालयले सार्वजनिक गरेको छ । रसुवाका पाँच पालिकामध्ये उत्तरगया सबैभन्दा कम बेरुजु भेटिएको हो । उक्त पालिकाको बेरुजु रकम शून्य दशमलव ६० प्रतिशत रहेको छ । सो पालिका अहिले नेकपा एमालेका केन्द्रीय सदस्य माधव अर्यालले कमाण्ड गरिरहेका छन् । उपाध्यक्षमा दोश्रो पटक चमेली गुरुङ कुर्सीमा छिन् ।

बिज्ञापन

यस्तै आमाछोदिङ्मो गाउँपालिकाको बेरुजु ३ दशमलव ५३ प्रतिशत,नौकुण्ड गाउँपालिकाको २ दशमलव २३ र गोसाइकुण्ड गाउँपालिकाको बेरुजु १ दशमलव ८५ प्रतिशत रहेको महालेखाले जनाएको छ । विवरण अनुसार रसुवाका पाँच पालिकामध्ये सबैभन्दा कम बेरुजु उत्तरगया र सबैभन्दा धेरै बेरुजु कालिका गाउँपालिकामा रहेको भेटिएको हो ।

बिज्ञापन

महालेखापरीक्षकको कार्यालयले देशैभरका ७५३ मध्ये ७४८ पालिकाको प्रतिवेदन सार्वजनिक गरेको छ ।सबैभन्दा अधिक बेरुजु भएको एक पालिकाको बेरुजु १५ प्रतिशतसम्म रहेको महालेखाले प्रतिवेदनमा जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष