स्वास्थ्यमा सरुवा: कसको कहाँ?

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले मन्त्रालय र माताहतका निकायमा कर्मचारीको सरुवा गरेका छन्।

बिज्ञापन

स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासनका अनुसार मन्त्री यादवले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा रुद्र मरासिनीलाई ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा सरुवा गरेका छन्। ट्रमामा हाल डा प्रमोद यादव निमित्त मेसु थिए।

बिज्ञापन

यसअघिका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नियुक्त गरेका डा. प्रमोद यादवलाई हटाउँदै मरासिनीलाई जिम्मेवारी दिइएको हो । तर, इपिडिमियोलोजी महाशाखामा भने हालका लागि कसैललाई पनि जिम्मेवारी दिइएको छैन ।

यसैगरी, मन्त्रालयका उपसचिव चिरञ्जिवी घिमिरेलाई आयुर्वेद विभागमा पठाइएको र आयुर्वेद विभागमा रहेका रेवतीरमण शर्मालाई कर्मचारी प्रशासन शाखाको जिम्मेवारी दिएको छ ।

बिज्ञापन

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा. रोशन न्यौपानेलाई निर्देशकको जिम्मेवारी दिइएको छ । अस्पतालमा निर्देशक रहेका डा. युवानिधि बसौलालाई कान्ति अस्पतालमा फिर्ता पठाइएको उच्च अधिकारीले बताए ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सञ्जय ठाकुरलाई वीर अस्पतालमा काज फिर्ता गरिएको छ भने केन्द्रमा कसैलाई पनि जिम्मेवारी दिइएको छैन । राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पतालमा अवधेश कुमार मिश्रालाई प्रमुख मेसुको जिम्मा दिइएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष