वनमन्त्री सुडीको सचिवालयमा निलम्बित डीएफओ साहको हालीमुहाली

काठमाडौ । भ्रष्टाचार मुद्दामा निलम्बित डीएफओ हेमन्तप्रसाद साह वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीको सचिवालयमा अघोषितरूपमा काम गरेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए।

बिज्ञापन

महोत्तरीको बर्दिवास नगरपालिका– १ मा सरकारी वनको जग्गालाई ब्यक्तिको नाममा देखाई करिव १२ लाख रुपैयाँ बरावरको रुख गैरकानुनी रुपमा कटान गरेको आरापमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगले तत्कालिन डिभिजनल वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहसहित २४ जना विरुद्ध मुद्दा चलाएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कर्मचारी, सामुदायिक वनका पदाधिकारी र जनप्रतिनिधि सवैलाई विपक्षी बनाएर विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर रहेको हो।

बिज्ञापन

आयोगको अनुसार गैरकानुनी रुपमा वन फँडानी गर्न वन, नापी र मालपोत कार्यालयका कर्मचारी, सामुदायिक वनका पदाधिकारी र जनप्रतिनिधिसमेतको चौतर्फी मिलेमतो देखिएको छ। उनीहरुले बर्दिवास नगरपालिका–१ स्थित रम्तेलडाँडा सामुदायिक वनको जग्गालाई स्थानीय लिलामणी आचार्य र कृष्णप्रसाद गौतमको नाममा देखाई फँडानी गरेको पाईएको छ।

बिज्ञापन

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६, मधेपुराका साह डिभिजन वन कार्यालय पर्सामा कार्यरत थिए। आव ०७८/०७९ र ०७९/०८० गरी दुई वर्ष सप्तरीमा रहँदा उनले झण्डै ३० करोड भ्रष्टाचार गरेको भन्दै अख्तियारमा अर्को पनि उजुरी रहेको स्रोत वताउँछ।

भ्रष्टाचार मुद्दामा निलम्बित डीएफओ हेमन्तप्रसाद साह मन्त्रीकै झण्डावाल गाडीमा सँगै बसेर मन्त्रालय आउने गरेको एक कर्मचारीले जानकारी दिए । तर, पछि त्यस विषयमा मन्त्रालयमै आलोचना हुन थालेपछि उहाँ बाहिरसम्म सोही गाडीमा आएर सिंहदरबार छिर्नुअघि झरेर मन्त्रालय पस्ने गरेको एक कर्मचारीले जानकारी दिए । साह वन तथा वातावरण मन्त्री एवम् मधेश प्रदेशका पूर्व सामाजिक विकास मन्त्री नवल किशोर साहका दाहिने हात हुन।

नवलकिशोर वन मन्त्री हुँदा नियुक्त भएपछि उनी विरामी विदा लिएर वधाई दिन काठमाडौैं पुगेका थिए। मन्त्रीको सपथ ग्रहणदेखि पदभार ग्रहणसम्म अघिपछि गर्दै हिडेका साहलाई मन्त्रीले नै सचिवालयमा स्पेस दिनु शंकास्पद देखिन्छ । स्रोतका अनुसार “उहाँ अघोषित सचिवालय सदस्य हो । कुन फाइल कसरी मिलाउने भन्ने विषयमा उहाँले नै हेर्ने गर्नुभएको छ ।”  कर्मचारी सरुवा, जग्गा जमिन भोगचलन, ईआईए, ट्रान्समिसन लाइन जडान, रूख कटानसहितका फाइलहरू हेमन्तले नै हेरिरहेको उनले बताए ।  यस विषयमा जिज्ञासा राख्दा साहले उक्त कुरा सत्य नरहेको बताएका छन् ।

 

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्थानीय तह जान अटेरी गर्ने कर्मचारीमाथि कडा कदम, मन्त्री रावलको निर्देशनपछि यी उपसचिवमाथि कारबाहीको सिफारिस

संघीय निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीको प्रयासप्रति कर्मचारी संगठनहरुको आपत्ति

सुधारका फाइल थन्किँदा वैदेशिक रोजगार क्षेत्र अस्तव्यस्त : सचिव काफ्ले आलोचनामा

उत्कृष्टको सम्मान पाएका प्रहरी घुससहित पक्राउ

नैतिकता र डिजिटल अस्तित्वको द्वन्द्व   

सिष्टम होइन अनुहार हेरेर सहसचिवको सरुवा

बालेन सरकारसँग डराएनन् कर्मचारी : महिना दिनमै १० रंगेहात पक्राउ

संघीय निजामती सेवा विधेयकमा कम्प्यूटर अपरेटरहरूको बढुवा व्यवस्था यथावत राख्न माग

बिशेष