सवारी ज्यानका आरोपीलाई हिरासतमै लाइसेन्स दिने कर्मचारीलाई धरौटीमा छाड्न आदेश

नक्कली विवरणका आधारमा लाइसेन्स दिएको आरोपमा पक्राउ परेका तीन कर्मचारीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

बिज्ञापन

बुधबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश दुर्गालाल भुसालको इजलासले तत्कालीन यातायात व्यवस्था विभागका कम्युटर इन्जिनियर सुरजप्रकाश अर्याल र कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेलाई ५ लाख र कम्युटर अपरेटर हरिशप्रसाद भट्टलाई २ लाख रुपैयाँ धरौटीमा माग गरेको छ ।

बिज्ञापन

सवारी ज्यान मुद्दामा पक्राउ परेका व्यक्तिलाई नक्कली लाइसेन्स बनाइदिएको आरोपमा पक्राउ परेका विभागका तीन कर्मचारीलाई जिल्ला अदालत, काठमाडौंले बुधबार धरौटीमा छाड्न आदेश दिएको छ ।

सीआईबीका अनुसार, रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ स्थित वनबाटिका सडक खण्डमा ३२ जेठ २०८० मा कारले ठक्कर दिँदा पैदलयात्रु ६४ वर्षका कृष्णप्रसाद भट्टराईको मृत्यु भएको थियो ।त्यसबेला उनीसँग स्कुटर र मोटरसाइकल मात्र चलाउन मिल्ने ‘ए’ वर्गको सवारी चालक अनुमति पत्र थियो ।विचौलियासँग मिलेमतोपछि सरकारी वकिलको कार्यालयमा गरेको बयानका क्रममा भने उनले ‘ए’ र ‘बी’ वर्गको सवारी चालक अनुमति पत्र रहेको खुलाएका थिए ।

बिज्ञापन

अनुसन्धानका क्रममा हालसम्म खुलेको जानकारीअनुसार नक्कली लाइसेन्स जारी गर्ने क्रममा अर्यालले नक्कली ‘युजर’ सिर्जना गरेर विवरण फेर्ने र भट्टले लाइसेन्स प्रिन्ट गर्ने काम गरेका थिए ।

उनीहरू दुवैले विभागमा बसेर नक्कली लाइसेन्स जारी गर्ने भूमिका खेलेका थिए । यातायात कार्यालय बुटवलमा बसेर पाण्डेले पनि यस्तै कार्य गरेको अनुसन्धानमा खुलेको सिआइबी स्रोतले जनाएको छ । लाइसेन्स जारी गर्ने प्रक्रियामा विभिन्न तहमा धेरै व्यक्तिको मिलेमतो आवश्यक पर्ने भएकाले यस कार्यमा नौदेखि १० जनासम्मको संलग्नता देखिएको छ । यातायात व्यवस्था विभागले नै अनुसन्धान गरेर यसको ठहर गर्दै थप अनुसन्धान अघि बढाउन सिआइबीलाई भनेको थियो ।

सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार, मोटरसाइकल र स्कुटर मात्र चलाउन पाइने ‘क’ वर्गको लाइसेन्स भएका उनलाई उनीहरुले कार्यालयको प्रणालीमै कीर्ते गरेर अर्कै ‘ख’ वर्गको लाइसेन्स बनाइदिएकाथिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

बिशेष