सवारी ज्यानका आरोपीलाई हिरासतमै लाइसेन्स दिने कर्मचारीलाई धरौटीमा छाड्न आदेश

नक्कली विवरणका आधारमा लाइसेन्स दिएको आरोपमा पक्राउ परेका तीन कर्मचारीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

बिज्ञापन

बुधबार जिल्ला अदालत, काठमाडौंका न्यायाधीश दुर्गालाल भुसालको इजलासले तत्कालीन यातायात व्यवस्था विभागका कम्युटर इन्जिनियर सुरजप्रकाश अर्याल र कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेलाई ५ लाख र कम्युटर अपरेटर हरिशप्रसाद भट्टलाई २ लाख रुपैयाँ धरौटीमा माग गरेको छ ।

बिज्ञापन

सवारी ज्यान मुद्दामा पक्राउ परेका व्यक्तिलाई नक्कली लाइसेन्स बनाइदिएको आरोपमा पक्राउ परेका विभागका तीन कर्मचारीलाई जिल्ला अदालत, काठमाडौंले बुधबार धरौटीमा छाड्न आदेश दिएको छ ।

सीआईबीका अनुसार, रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ स्थित वनबाटिका सडक खण्डमा ३२ जेठ २०८० मा कारले ठक्कर दिँदा पैदलयात्रु ६४ वर्षका कृष्णप्रसाद भट्टराईको मृत्यु भएको थियो ।त्यसबेला उनीसँग स्कुटर र मोटरसाइकल मात्र चलाउन मिल्ने ‘ए’ वर्गको सवारी चालक अनुमति पत्र थियो ।विचौलियासँग मिलेमतोपछि सरकारी वकिलको कार्यालयमा गरेको बयानका क्रममा भने उनले ‘ए’ र ‘बी’ वर्गको सवारी चालक अनुमति पत्र रहेको खुलाएका थिए ।

बिज्ञापन

अनुसन्धानका क्रममा हालसम्म खुलेको जानकारीअनुसार नक्कली लाइसेन्स जारी गर्ने क्रममा अर्यालले नक्कली ‘युजर’ सिर्जना गरेर विवरण फेर्ने र भट्टले लाइसेन्स प्रिन्ट गर्ने काम गरेका थिए ।

उनीहरू दुवैले विभागमा बसेर नक्कली लाइसेन्स जारी गर्ने भूमिका खेलेका थिए । यातायात कार्यालय बुटवलमा बसेर पाण्डेले पनि यस्तै कार्य गरेको अनुसन्धानमा खुलेको सिआइबी स्रोतले जनाएको छ । लाइसेन्स जारी गर्ने प्रक्रियामा विभिन्न तहमा धेरै व्यक्तिको मिलेमतो आवश्यक पर्ने भएकाले यस कार्यमा नौदेखि १० जनासम्मको संलग्नता देखिएको छ । यातायात व्यवस्था विभागले नै अनुसन्धान गरेर यसको ठहर गर्दै थप अनुसन्धान अघि बढाउन सिआइबीलाई भनेको थियो ।

सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार, मोटरसाइकल र स्कुटर मात्र चलाउन पाइने ‘क’ वर्गको लाइसेन्स भएका उनलाई उनीहरुले कार्यालयको प्रणालीमै कीर्ते गरेर अर्कै ‘ख’ वर्गको लाइसेन्स बनाइदिएकाथिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दलिय कर्मचारी संगठनको दादागिरी : वरिष्ठ अधिकृत हटाइ युनियन सल्लाहकारलाई प्रमुख बनाउन दबाब

भिषण वर्षाको जोखिमबीच दुई दिन सार्वजनिक बिदा दिन कर्मचारीको सुझाव

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना : सडक विभागको सतर्कता अपिल

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड पहिरोले अवरुद्ध

बागमती र मधेशमा चट्याङसहित वर्षा, मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह

बडादसैँ : धर्मको रक्षा र जीवनलाई प्रेरणा

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

बिशेष