बर्ड फ्लूको पहिलो मानव केस, सार्वजनिक स्वास्थ्य सतर्कता जारी

सिड्नी– अस्ट्रेलियामा बर्ड फ्लू पनि भनिने एभियन इन्फ्लुएन्जाको पहिलो मानव केस रेकर्ड भएपछि भिक्टोरिया राज्यको स्वास्थ्य प्राधिकरणले बुधबार सार्वजनिक स्वास्थ्य सतर्कता जारी गरेको छ ।

बिज्ञापन

भिक्टोरियन स्वास्थ्य विभागका अनुसार ‘एच–५एन–१’ एभियन इन्फ्लुएन्जाको यो केस यस वर्षको मार्चमा विदेशबाट फर्केका एक बच्चामा देखिएको थियो । गम्भीर लक्षण देखिएपछि सङ्क्रमित बच्चा पूर्णरूपमा निको भइसकेका छन् ।

बिज्ञापन

यो रोग मानिसबीच सजिलै नसर्ने भएकाले स्वास्थ्य विभागले राज्यभर उक्त केसको फैलावटको कुनै प्रमाण नभएको र थप मानव केसको सम्भावना धेरै कम रहेको बताएको छ ।

मेलबर्नबाट करिब ८० किलोमिटर पश्चिममा रहेको ग्रामीण टाउनशिप मेरिडिथ नजिकैको अण्डा फार्ममा कुखुरामा एभियन इन्फ्लुएन्जा भाइरस भेटिएको थियो । उक्त केस मानव केससँग सम्बन्धित नभएको परीक्षणले देखाएको छ ।

बिज्ञापन

एजेन्सीले विज्ञप्तिमा भनेको छ, ‘कुखुरापालकहरू, घरपछाडिको समुदाय र पक्षी मालिकहरूलाई अपरिचित पक्षीहरूको मृत्युको कुनै पनि घटना रिपोर्ट गर्न आग्रह गरिएको छ ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुशासनमैत्री,नागरिकमैत्री कर्मचारीतन्त्र निर्माणमा दलको प्रतिवद्धता खोज्दै एकीकृत सरकारी कर्मचारी संगठन

प्रमुख प्रशासकीय अधिकृत,सव इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

निर्वाचन आचारसंहिताकै बीच नियामक निकायमा धमाधम नियुक्ति

‘सचिवस्तरीय’ निर्णयबाट भएको आधा दर्जन कर्मचारी सरुवा ‘मन्त्रीस्तरीय निर्णयले बदर

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

गृहमा अनेकन मनपरी : सहसचिवहरु जगेडामा,तालिम नलिएका कर्मचारीलाई धमाधम सिडियो

कर्मचारी सरुवामै चुनावी सरकारको ध्यान,निर्वाचन आचारसंहिता लाग्दा समेत सचिव सरुवा

पुनरावेदकको मागदावी पुग्ने अदालतको ठहर पछि यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बिशेष