बर्ड फ्लूको पहिलो मानव केस, सार्वजनिक स्वास्थ्य सतर्कता जारी

सिड्नी– अस्ट्रेलियामा बर्ड फ्लू पनि भनिने एभियन इन्फ्लुएन्जाको पहिलो मानव केस रेकर्ड भएपछि भिक्टोरिया राज्यको स्वास्थ्य प्राधिकरणले बुधबार सार्वजनिक स्वास्थ्य सतर्कता जारी गरेको छ ।

बिज्ञापन

भिक्टोरियन स्वास्थ्य विभागका अनुसार ‘एच–५एन–१’ एभियन इन्फ्लुएन्जाको यो केस यस वर्षको मार्चमा विदेशबाट फर्केका एक बच्चामा देखिएको थियो । गम्भीर लक्षण देखिएपछि सङ्क्रमित बच्चा पूर्णरूपमा निको भइसकेका छन् ।

बिज्ञापन

यो रोग मानिसबीच सजिलै नसर्ने भएकाले स्वास्थ्य विभागले राज्यभर उक्त केसको फैलावटको कुनै प्रमाण नभएको र थप मानव केसको सम्भावना धेरै कम रहेको बताएको छ ।

मेलबर्नबाट करिब ८० किलोमिटर पश्चिममा रहेको ग्रामीण टाउनशिप मेरिडिथ नजिकैको अण्डा फार्ममा कुखुरामा एभियन इन्फ्लुएन्जा भाइरस भेटिएको थियो । उक्त केस मानव केससँग सम्बन्धित नभएको परीक्षणले देखाएको छ ।

बिज्ञापन

एजेन्सीले विज्ञप्तिमा भनेको छ, ‘कुखुरापालकहरू, घरपछाडिको समुदाय र पक्षी मालिकहरूलाई अपरिचित पक्षीहरूको मृत्युको कुनै पनि घटना रिपोर्ट गर्न आग्रह गरिएको छ ।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँच सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण

न्यायाधीश र सैनिक अधिकारीबाहेकको सम्पत्ति छानबिन नरोकिने

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा घिमिरे

लाइक र फलोअरको पछि कुद्न राष्ट्रसेवकलाई लगाम

सवारी खरिदमा सचिवलाई ६० लाखसम्म सहुलियतपूर्ण ऋृण र व्याज अनुदान,अन्य कर्मचारीलाई कति ?

२ मन्त्री,एक सचिवसहित १६ कसुरदारलाई सजाय सुनाइँदै

कर्मचारीलाई आचारसंहिता : अब रक्सी र चुरोट सेवन गर्न बन्देज

अर्थसम्बन्धी विभिन्न कानुन संशोधन र खारेज गर्दै

बिशेष