लोकसेवा आयोग नेपालको निजामती सेवामा आवश्यक पर्ने जनशक्ति आपूर्ति गर्ने एक संवैधानिक निकाय हो । यसले निजामती सेवामा आवश्यक पर्ने कर्मचारी नियुक्तिका लागि शैक्षिक योग्यता र पाठ्यक्रम तोक्ने, रिक्त पदको माग सङ्कलन गर्ने, विज्ञापन गर्ने, दरखास्त लिने, दरखास्त रुजु गर्ने, स्वीकृत गर्ने, परीक्षा सञ्चालन गर्ने, नतिजा प्रकाशन गर्ने, अन्तर्वार्ता लिने एवं सिफारिस गर्ने जस्ता महìवपूर्ण कार्य गर्दै आएको छ ।
बिज्ञापन
हाल आएर सुरक्षा निकाय, सङ्गठित संस्था एवं सार्वजनिक संस्थानका पदमा पदपूर्तिको लागि लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी लोकसेवा आयोगलाई थप भएको छ । यसै व्यवस्था अनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागजस्ता सुरक्षा निकाय तथा नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थानहरूमा लोकसेवा आयोगले परीक्षा लिँदै आएको छ ।
बिज्ञापन
लोकसेवा आयोगले गर्ने यस्ता कार्य नेपालको संविधान, लोकसेवा आयोग ऐन २०६६, लोकसेवा आयोग नियमावली २०६७, लोकसेवा आयोग (कार्य संचालन) निर्देशिका २०६७ र लोकसेवा आयोगका पदाधिकारी एवं दक्ष÷विज्ञ र कर्मचारीहरूको आचारसंहिता, २०६९ अनुसार गर्दछ । लोकसेवा आयोगले गर्ने यस्ता कार्य निष्पक्ष र आवश्यकता अनुसार गोप्य हुने गर्दछन् ।
लोकसेवा आयोगले कर्मचारीको भर्नादेखि छनौटसम्म गर्ने सबै कार्य अत्यन्त स्वतन्त्र र हस्तक्षेपमुक्त वातावरणमा सम्पन्न हुन्छन् । यसले गर्ने कार्यमा शङ्का, आग्रह एवं पूर्वाग्रह गर्ने कुनै ठाउँ हुँदैन । लोकसेवा आयोग यस्तो पवित्र संस्था हो, जसले धनी, गरिब, पहँुंच भएका, नभएका, जातजाति, धर्म, क्षेत्रीयता आदि केही पनि हेर्र्दैन । यसले तोकिएको शैक्षिक योग्यता र व्यक्तिको क्षमता मात्र हेर्दछ । यो आफ्नो कार्य गर्नमा कानूनी र संस्थागत दुवै दृष्टिले स्वतन्त्र र स्वायत्त छ । त्यसैले यसले गर्ने कार्यमा कहिलेकाहीँ सानो मानवीय गल्ती बाहेक अरू कार्यमा दोष दिने कुनै ठाउँ देखिएको छैन । यसले गर्ने कार्य अन्तर्गत अन्तर्वार्ता पनि एउटा प्रमुख कार्य हो, जुन लिखित परीक्षामा सफल भएपछि मात्र सुरु हुन्छ ।
बिज्ञापन
२. अन्तर्वार्ता के हो ?
निजामती सेवामा प्रवेशका लागि योग्य व्यक्ति छनौट गर्न लोकसेवा आयोगले लिखित परीक्षामा सफल भएका उम्मेदवारबाट मात्र लिने मौखिक जाँच अन्तर्वार्ता हो । अन्तर्वार्ता एउटा यस्तो संवाद हो, जसमा व्यक्तिको विचार, दृष्टिकोण, भावना, सोचाई, पद र सोको गरिमा, मूल्य मान्यता, कार्य गर्नसक्ने क्षमता लगायत समग्र पक्षको परीक्षण हुन्छ ।
३। अन्तर्वार्तामा कति परीक्षार्थी सहभागी हुन्छन् ?
लिखित परीक्षाको नतिजामा सफल भएका परीक्षार्थी मात्र अन्तर्वार्तामा सहभागी हुन पाउँछन् । लिखित परीक्षाको नतिजामा रिक्त पदमा निम्न बमोजिम थप सङ्ख्या समावेश गरी अन्तर्वार्तामा सहभागी गराउने व्यवस्था छः
सि.नं. रिक्त पद सङ्ख्या थप हुने सङ्ख्या अन्तर्वार्तामा सहभागी हुने सङ्ख्या
१ १ देखि ५ सम्म भएमा २ ३ देखि ७ सम्म
२ ६ देखि १० सम्म भएमा ३ ९ देखि १३ सम्म
३ ११ देखि १५ सम्म भएमा ४ १५ देखि १९ सम्म
४ १६ देखि २० सम्म भएमा ५ २१ देखि २५ सम्म
५ २१ देखि २५ सम्म भएमा ६ २७ देखि ३१ सम्म
६ २६ देखि ३० सम्म भएमा ७ ३३ देखि ३७ सम्म
७ ३१ देखि ३५ सम्म भएमा ८ ३९ देखि ४३ सम्म
८ ३६ देखि ४० सम्म भएमा ९ ४५ देखि ४९ सम्म
९ ४० र सो भन्दा माथि २०
माथिको तालिका अनुसार एक रिक्त पदका लागि तीनजना, दुई रिक्त पदका लागि चारजना, तीन रिक्त पदका लागि पाँचजना, चार रिक्त पदका लागि छजना, पाँच रिक्त पदका लागि सातजना अन्तर्वार्तामा सहभागी हुन्छन् । लिखित परीक्षाको नतिजामा परीक्षार्थीको नाम दोहोरिएमा सोही अनुसार उम्मेदवार थप गरेर अन्तर्वार्तामा सहभागी गराउने व्यवस्था छ ।
४. कुन पदको अन्तर्वार्ता कुन कुन कार्यालयले लिन्छ ?
लोकसेवा आयोगले लिने अन्तर्वार्ता मध्ये हालको व्यवस्था अनुसार खरिदार वा सो सरहको पदको अन्तर्वार्ता लोकसेवा आयोगको अञ्चल कार्यालयले, नायब सुब्बा वा सो सरहको पदको अन्तर्वार्ता लोकसेवा आयोगको क्षेत्रीय कार्यालयले र शाखा अधिकृत, उपसचिव, सहसचिव वा सोसरहको पदको अन्तर्वार्ता लोकसेवा आयोगको केन्द्रीय कार्यालयले लिने गर्दछ । यो व्यवस्था प्रदेश लोकसेवा आयोग गठन भए पश्चात केही परिवर्तन हुन सक्छ ।
५. अन्तर्वार्ता समिति र सदस्यहरूको सङ्ख्या
लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा हुने अन्तर्वार्ता समितिमा अन्तर्वार्ता समितिको अध्यक्ष, दक्ष एवं विशेषज्ञ गरी कम्तिमा तीनजना सदस्य हुन्छन् । आयोगको क्षेत्रीय र अञ्चल कार्यालयमा हुने अन्तर्वार्ताका लागि सम्बन्धित कार्यालय प्रमुखको अध्यक्षतामा अन्तर्वार्ता समिति गठन हुन्छ । अन्तर्वार्ता समिति अन्तर्वार्ता हुनुभन्दा एक दिन अगाडि गठन हुने व्यवस्था छ ।
६. अन्तर्वार्ता मूल्याङ्कन प्रक्रिया
अन्तर्वार्ता समितिको अध्यक्ष र सदस्यहरू अन्तर्वार्ता लिने कोठाभित्र पृथक पृथक बस्छन् । उनीहरूले सामान्यतयाः पालो गरेर प्रश्न गर्दछन् । एकले दिने अङ्क अर्कोले देख्न नपाउने व्यवस्था हुन्छ । पृथक पृथक रूपमा परीक्षार्थीको गोप्य मूल्याङ्कन गरिन्छ । उनीहरूले प्रश्नको उत्तरप्रति तटस्थ र वस्तुनिष्ठ भएर व्यक्तिको मूल्याङ्कन गर्दछन् । अन्तर्वार्ता समितिका अध्यक्ष र सदस्यले अन्तर्वार्ता भइरहेको अवस्थामा व्यक्तिको मूल्याङ्कन खेस्रा कागजमा गरी सबै उम्मेदवारको अन्तर्वार्ता समाप्त भएपछि मात्र फाराममा अङ्क चढाउने गर्छन् ।
अन्तर्वार्तामा भाग लिने उम्मेदवारसँग अन्तर्वार्ता समितिको अध्यक्ष वा सदस्य नाता पर्ने भएमा अन्तर्वार्ताकार उक्त अन्तर्वार्तामा बस्न नपाउने व्यवस्था छ । अन्तर्वार्तामा अन्तर्वार्ताकारले दिन पाउने कुल अङ्कको अधिकतम ७० प्रतिशत र न्यूनतम ४० प्रतिशत अङ्कको सीमा तोकिएको हुन्छ । त्यही सीमा भित्र अङ्क दिइन्छ । सीमा बाहिर गएर अङ्क दिनु पर्दा स्पष्टीकरण दिनु पर्ने हुन्छ । सामान्यतयाः सीमा बाहिर हालसम्म कोही नगएको भन्ने बुझिएको छ । सवैले दिएको अङ्क जोडेर सदस्य सङ्ख्याले भाग गरी अन्तर्वार्ताको औसत अङ्क निकाल्ने चलन छ । यही भएर पनि अन्तर्वार्तामा खासै अन्तर पर्दैन ।
७. अन्तर्वार्तामा अङ्कभार कति हुन्छ ?
लिखित परीक्षाको पूर्णाङ्क १०० भएमा अन्तर्वार्ताको अङ्कभार २० हुन्छ । यसपछि लिखित परीक्षा पूर्णाङ्कमा थप हुने प्रत्येक १०० पूर्णाङ्क भित्र अन्तर्वार्ताको अङ्कभार १० अङ्कका दरले थप हुने व्यवस्था छ । जस्तैः लिखित परीक्षाको पूर्णाङ्क क्रमशः १००, २००, ३०० र ४०० भएमा अन्तर्वार्ताको अङ्कभार क्रमशः २०, ३०, ४० र ५० हुन्छ ।
८. अन्तर्वार्ता कति समयसम्म हुन्छ ?
सामान्यतया अन्तर्वार्ता आधा घण्टादेखि एक घण्टासम्म हुन सक्छ । पद, पदले गर्ने कार्य, व्यक्ति र उसको क्षमता, अन्तर्वार्तामा उठेका विषय, रोचकता आदिले समय तलमाथि पर्न सक्छ ।
९. अन्तर्वार्तामा के के कागजपत्र लानु पर्छ ?
अन्तर्वार्तामा जाँदा प्रवेशपत्र, दुई प्रति तस्बिर, आफ्नो शैक्षिक योग्यता, नागरिकता र आपूmमा कुनै काम गरेको आवश्यक पर्ने अनुभव भए सोको सक्कल र प्रतिलिपि लानु पर्दछ ।
१०. अन्तर्वार्ता गर्दा अन्तर्वार्ताकारले ध्यान दिनु पर्ने कुरा
अन्तर्वार्ताकारले अन्तर्वार्ता लिँदा ध्यान दिनु पर्ने कुराको पनि लोकसेवा आयोगले व्यवस्था गरेको छ । अन्तर्वार्ताकारले मूलतः पदको कार्यविवरण, दरखास्त विवरण अध्ययन, सेवा समूह सम्बन्धी ज्ञान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धी ज्ञान, कामको अनुभव, रुचि, व्यक्तित्व परीक्षण, अतिरिक्त क्रियाकलाप जस्तैः– सामाजिक सङ्लग्नता, खेलकुद आदिजस्ता कुरामा ध्यान दिई प्रश्न गर्नुपर्ने व्यवस्था छ ।
११. अन्तर्वार्तामा सोध्न सक्ने प्रश्नको अनुमान गर्न सकिन्छ ?
सामान्यतया अन्तर्वार्तातामा पदसँग सम्बन्धित पाठ्यक्रम, पदले गर्नुपर्ने कार्य, संविधान, संस्थासँग सम्बन्धित ऐन, नियम, सार्क, संयुक्त राष्ट्र सङ्घ, समसामयिक राजनीतिक, आर्थिक एवं प्रशासनिक विषय, आफ्नो पूर्व अनुभव, आफ्नो रुचिको क्षेत्र, आफ्नो शैक्षिक योग्यता आदि जस्ता विषयमा प्रश्न आउने गर्दछन् । यिनै विषयमा तयारी गर्दा आफूले अपेक्षा गरेका प्रश्न आउन सक्छन् । अर्को कुरा लोकसेवा आयोगले लिखित परीक्षामा सफल भएका सबै जनाको अन्तर्वार्ता एकै दिन लिन सक्दैन, आफ्नो पालोभन्दा अगाडिका परीक्षार्थीहरूलाई के–कसरी प्रश्न सोधनी भएको छ, सो बारेमा जानकारी लिन सकेमा पनि सम्भावित प्रश्नको अनुमान गर्न सकिन्छ ।
१२. अन्तर्वार्ताको दिन के गर्ने ?
अन्तर्वार्ताको अघिल्लो दिनबाट नै अन्तर्वार्ताका लागि मानसिक रूपमा तयार हुनुपर्दछ । सरसफाई, डे«स, कागजपत्र तयार गर्नुपर्दछ । खानपिनमा ध्यान दिनुपर्दछ । सकारात्मक सोचाइ बृद्धि गर्नुपर्छ । अन्तर्वार्ताको अघिल्लो रात आरामसँग निदाउनुपर्दछ । अन्तर्वार्ताको दिन फ्रेस हुनुपर्दछ, असजिलो महसुस गर्नु हुँदैन ।
१३. अन्तर्वार्तामा कस्तो पोशाक लगाउने ?
अन्तर्वार्तामा डे«स साधारण हुनुपर्दछ । डे«स तडकभडकयुक्त हुनु हुँदैन । पुरुषले सुट, महिलाले सुट, कुर्तासलवार वा साडी लगाउँदा राम्रो हुन्छ । पोशाकका कारणले अन्तर्वार्ता कोठाभित्र आफूलाई अप्ठयारोमा पार्नु हुँदैन ।
१४. अन्तर्वार्ताको दिन लोकसेवा कति समय पहिले पुग्ने ?
अन्तर्वार्ताको दिन लोकसेवामा गएर केही फाराम भर्नु पर्ने हुन्छ, त्यसैले सकेसम्म अन्तर्वार्र्ता सुरु हुनु पूर्व कम्तिमा एक घण्टा अगाडि नै पुग्नु पर्दछ ।
१५. अन्तर्वार्ता कोठाभित्र के गर्ने ?
अन्तर्वार्ता कोठाभित्र प्रवेश गर्दा पालो गरेर नाम बोलाइन्छ । ढोका भित्र प्रवेश गरेपछि अन्तर्वार्ता समितिका सवै सदस्यलाई एकैपटक सामूहिक रूपमा नमस्कार गर्ने र सवैलाई नजर पु–याएर हेर्नु पर्दछ । ढोकाभित्र प्रवेश गर्दा सुरुमा डर लाग्न सक्छ तर डर मान्नु हुँदैन, कसैगरी डर लागेमा अन्तर्वार्ताको क्रममा गफ गर्दै जाँदा त्यो डर आफैँ हराएर जान्छ ।
१६. कुर्सीमा बस्दा ध्यान दिनु पर्ने कुरा
अन्तर्वार्ता कोठाभित्र प्रवेश गरेपछि आफ्ना लागि छुट्टै कुर्सीको व्यवस्था गरेको देखिन्छ । अन्तर्वार्ता समितिको अध्यक्षले कुर्सीमा बस्नुहोस् भन्नुहुन्छ र त्यसपछि कुर्सीमा बस्नुपर्दछ । कुर्सीमा बस्दा खुट्टा तल झारेर बस्नुपर्दछ । खुट्टा माथि खुट्टा चढाउनु हुँदैन । कुर्सीमा बसाइ, लुगा लगाइ, बोलाइ र हेराइ सबैमा व्यक्तिको अनुशासन झल्किनु पर्दछ ।
१७. अन्तर्वार्ता सुरुवात कसरी हुन्छ ?
कुर्सीमा आसन ग्रहण गरिसकेपछि सामान्यतयाः अन्तर्वार्ता समितिको अध्यक्षले तपाईंको परिचय दिनुहोस् भन्नुहुन्छ । यसैबाट अन्तर्वार्ता सुरु हुन्छ । परिचयमा खासगरी आफ्नो नाम, ठेगाना, शैक्षिक योग्यता, कार्यरत भए हाल कार्यरत पद र कार्यालयको नाम, कार्यरत नभए लोकसेवा अध्ययन आदि भनिदिए पुग्छ ।
१८. अन्तर्वार्तामा प्रश्नमाथि प्रश्न हुन सक्छ ?
अन्तर्वार्ता समितिका सदस्यले प्रश्न गर्दा सरल भाषामा प्रश्न गर्नु पर्ने, व्यक्तिको शैक्षिक उपाधि, अभिरुचि, मनोवृत्ति एवं पदको स्तरसँग तालमेल हुने गरी प्रश्न गर्ने, व्यक्तिले उत्तर दिन नसकेका क्षेत्रमा पुनः प्रश्न नगर्ने, उम्मेदवारको उत्तरप्रति अनावश्यक रूपमा कडा प्रतिक्रिया नदिने जस्ता व्यवस्था भएपनि अन्तर्वार्ता समितिका सदस्यले कहिलेकाहीँ कसैलाई प्रश्नमाथि प्रश्न गर्न सक्छन् । उत्तर दियो, फेरि प्रश्न गर्ने, उत्तरलाई घुमाइदिने, उत्तर होइन भनिदिने, तपाईंको कुरामा म सहमत छैन भनिदिने, तपार्इं धेरै नकारात्मक हुनु भयो भन्ने आदि जस्ता व्यवहार गर्न सक्छन् ।
यस्तो अवस्था आएमा आफू परिपक्क हुनुपर्दछ । आत्तिनु हुँदैन । रातोपिरो हुनु हँदैन । सहज वातावरण बनाउनु पर्छ । आत्मवल बढाउनु पर्दछ । प्रश्नमाथि प्रश्न गर्दा थप प्रष्ट पारिदिनु पर्दछ । आफूलाई ज्ञान भएको विषयमा बढी जोड दिनुपर्दछ । आफूलाई नआउने प्रश्न सजिलै आउँदैन भन्नुु पर्दछ । अन्तर्वार्र्तामा कति उत्तर मिल्योभन्दा पनि कसरी कस्तो वातावरणमा अन्तर्वार्ता लिइयो त्यो ठूलो हुन्छ । सबै प्रश्नको उत्तर सबैले भन्न सकिदैन । राम्रो व्यवहार, स्पष्ट उत्तर र सबैलाई समान नजर दिएमा सामान्यतयाः अन्तर्वार्ता सफल भएको मान्न सकिन्छ ।
१९. आई कन्ट्याक्ट भनेको के हो ?
अन्तर्वार्ता दिने व्यक्तिले प्रत्येक अन्तर्वार्ताकारलाई आँखामा बराबर नजर लगाउने कार्य भ्थभ ऋयलतबअत हो । अन्तर्वार्ता समितिका कुनै एक सदस्यले गरेको प्रश्नको उत्तर दिँदा उनलाई मात्र एकोहोरो नहेरी अरू सदस्यलाई पनि बराबर हेर्नुपर्ने हुन्छ । यसले सवैलाई समान व्यवहार र समान महìव दिएको देखिन्छ ।
२०. अन्तर्वार्ता कोठाभित्र अन्तर्वार्ताकारको व्यवहार कस्तो हुन्छ ?
अन्तर्वार्ता समितिका अध्यक्षले आफ्नो र अरू सदस्यको परिचय दिन पनि सक्छन् नदिन पनि सक्छन् । त्यसमा आफूले उनीहरूको परिचय माग्नु हँदैन । उनीहरू आफूप्रति अत्यन्त सकारात्मक हुन्छन् । उनीहरूले कसैलाई पनि आग्रह पूर्वाग्रह राख्दैनन् । उनीहरू व्यक्तिको व्यक्तित्व परीक्षण गर्नमा बढी केन्द्रीत हुन्छन् । उनीहरूले आपसमा कार्यविभाजन गरेका हुन्छन्, सोही अनुरूप आलोपालो गरेर प्रश्न गर्दछन् । बीच बीचमा छड्के प्रश्न पनि हुन सक्छ । अन्तर्वार्ता समितिको अध्यक्षले अन्तर्वार्ताको समन्वय गरेका हुन्छन्, जुन कुरा ढोका भित्र प्रवेश गरेपछि प्रष्ट थाहा हुन्छ ।
२१. अन्तर्वार्तामा हतोत्साहित नहुन के गर्ने ?
लोकसेवा आयोगको लिखित परीक्षा पास गरेपछि मात्र अन्तर्वार्ताको चरण सुरु हुन्छ । लिखित परीक्षा पास गर्नका लागि आफूले गरेको मेहनत सम्झनु पर्दछ, मैले लिखित परीक्षा तयारीमा ठूलो दुःख गरेर अन्तर्वार्तासम्म आइपुगे, अब म आत्तिनु हुँदैन, म हतोत्साहित हुनु हँुदैन भनेर आत्मैदेखि डर, चिन्ता, भय हटाउनु पर्दछ । यसो गर्दा हतोत्साहित हुनबाट बच्न सकिन्छ ।
२२. अन्तर्वार्ता सकेर कोठा बाहिर निस्कदा के गर्ने ?
अन्तर्वार्र्ता क्रम चलिरहन्छ, समय बित्दै जान्छ । आफूलाई समय बितेको पत्तै हुँदैन । अन्तर्वार्ता समितिका अध्यक्षले तपाईंको अन्तर्वार्ता समाप्त भयो जान सक्नुहुन्छ भन्नु हुन्छ, त्यसपछि उठेर सवैलाई नजर लगाउँदै सामूहिक नमस्कार गरेर बाहिर निस्कनु पर्दछ । कहिलेकाहीँ बाहिर निस्कने बेलामा अन्तर्वार्र्ताकारले प्रश्न गर्न सक्छन् तपाईंलाई आजको अन्तर्वार्र्ता कस्तो लाग्यो भनेर । यस्तो बेलामा मलाई अन्तर्वार्ता साह्रै राम्रो लाग्यो । हजुरहरुको व्यवहार सकारात्मक रहेछ, तपाइहरूको व्यवहारबाट म असाध्यै प्रभावित भए । आज म धेरै खुसी छु, समग्रमा अन्तर्वार्ता सफल भएको जस्तो लाग्दछ भनेर छोटो र मिठो बोल्ने प्रयास गर्नुपर्दछ ।
२३. अग्रिम अन्तर्वार्ताको व्यवस्था
लिखित परीक्षामा उत्तीर्ण भएको कुनै उम्मेदवारले मनासिव कारण जनाई लोकसेवा आयोगले तोकेको मितिभन्दा अगाडि अन्तर्वार्ता लिई दिन कारण उल्लेख गरी निवेदन दिएमा निवेदन मनासिव देखिए आयोगले उक्त व्यक्तिको लागि अग्रिम अन्तर्वार्ताको व्यवस्था गर्न सक्छ । यसरी हुने अग्रिम अन्तर्वार्तामा सहभागी हुने व्यक्तिले लोकसेवा आयोगले निर्धारण गरे बमोजिमको दस्तुर बुझाउनु पर्ने व्यवस्था छ ।
२४. छुट अन्तर्वार्ताको व्यवस्था
कुनै उम्मेदवार काबु बाहिरको परिस्थिति परेमा, सरकारी कामको कारणबाट उपस्थित हुन नसकेमा, किरिया बस्नु परेमा, सुत्केरी भएमा, आकस्मिक बिरामी भएमा जस्ता कारणले लोकसेवा आयोगले तोकेको अन्तर्वार्ताको मिति र समयमा उपस्थित हुन नसकेमा सोको प्रमाणसहित किरिया बस्नुपरेको हकमा १५ दिनभित्र र अन्य अवस्थाको हकमा सात दिनभित्रमा निवेदन दिएमा निवेदन मनासिव देखिए आयोगले उक्त व्यक्तिको छुट अन्तर्वार्ता लिने व्यवस्था गर्न सक्दछ । यसरी हुने छुट अन्तर्वार्तामा सहभागी हुने व्यक्तिले लोकसेवा आयोगले निर्धारण गरे बमोजिमको दस्तुर बुझाउनुपर्ने व्यवस्था छ ।
२५. अन्तर्वार्ताबाट हटाउने र दरखास्त रद्द गर्ने व्यवस्था
लिखित परीक्षामा उत्तीर्ण भई अन्तर्वार्ताका लागि छनोट भएको कुनै व्यक्तिले निजामती सेवामा प्रवेश पाउने उद्देश्यले आफ्नो शैक्षिक योग्यता, उमेर, नागरिकता, अनुभव आदि ढाँटेको देखिएमा लोकसेवा आयोगले निजलाई अन्तर्वार्तामा समावेश नगर्ने र निजको दरखास्त फारामसमेत रद्दगर्ने व्यवस्था छ । यही व्यवस्था अनुसार लोकसेवा आयोगले लिखित परीक्षामा उत्तीर्ण भई अन्तर्वार्ताका लागि छनोट भएका यस्ता प्रकृतिका उम्मेदवारलाई अन्तर्वार्ताबाट हटाई निजको दरखास्त फाराम रद्द गर्दै आइरहेको छ ।
अन्तमा, अन्तर्वार्ता एउटा संवाद हो, जसमा दोहोरो वार्तालापबाट व्यक्तिको व्यक्तित्वको परीक्षण हुन्छ । अन्तर्वार्तामा खासगरी आफूलाई चाहिएको पद र पदको कार्यविवरण, आफ्नो कुनै कार्ययोजना, शैक्षिक योग्यता र मुख्य विषय, राष्ट्रिय अन्तर्राष्ट्रिय समसामयिक विषयको सामान्य जानकारी जस्ता विषयमा ध्यान दिई मुख्यतः आफूमा आत्मबल बढाउनु पर्दछ । यसबाट अन्तर्वार्तामा सफल हुन सकिन्छ ।गोरखापत्रबाट