सरकारी जग्गा हिनामिना गर्ने मालपोत र नापीका हाकिम विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मान बहादुर चन्दसमेत ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिज्ञापन

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साविक नारायणपुर-८ अन्तर्गतको कित्ता नं ९०८ को क्षेत्रफल १५ बिगाह सार्वजनिक जग्गा २०६८ सालमा व्यक्तिको नाममा पुर्‍याएको दाबी गर्दै आयोगले मुद्दा दायर गरेको हो। उक्त जग्गा फिल्डबुकमा जङ्गल जनिइसकेर सरकारी सार्वजनिक प्रकृतिको जग्गा भए पनि गैरकानुनी रूपमा कित्ताकाट गरी व्यक्तिको नाममा नामसारी भएको थियो।

बिज्ञापन

आयोगले नापी सर्वेक्षक दशरथ मण्डल, जग्गा धनी पुर्जा लिने बिन्द्रा रावल, कमलबहादुर रावल, सुशील रावल र विमलबहादुर रावललाई पनि विपक्षी बनाएको छ। उनीहरूबाट जनही २४ करोड ६ लाख ६९ हजार बिगो दाबी गरिएको छ ।

यसबारे उजुरी परेपछि गरिएको अनुसन्धानमा स्नेही रसाइली र नायब सुब्बा अग्नि बहादुर शाहीले गैरकानूनी तवरबाट जंगलको नाममा रहेको सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेष (विन्द्रा रावल, कमल बहादुर रावल, सुशिल बहादुर रावल, विमल बहादुर रावल) को संयुक्त नाममा स्रेस्ता पूर्जा कायम गरी हकहस्तान्तरण गरेको पाइएको अख्तियारको भनाइ छ । पछि उक्त जग्गाको दर्ता स्रेस्ता सम्बन्धी सम्पूर्ण कागजातहरू समेत कार्यालयको अभिलेखबाट नष्ट गरेको पुष्टि हुन आएको अख्तियारको भनाइ छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

बिशेष