प्राध्यापकहरुको पिकनिकमा भयो गोदागोद

प्राध्यापकहरुको पिकनिकको लफडा प्रहरीसम्मै पुगेको छ। एक जनामाथि चारजना भारी परेको भन्दै सुखड प्रहरीमा उजुरी परेको छ।

बिज्ञापन

घटना हो, कैलालीको खानीडाँडामा घोडाघोडी बहुमुखी क्याम्पसका प्राध्यापकहरुको । हिजो (शनिबार) पिकनिकमा एक जनाले आफूलाई कुटपिट भएको भन्दै सुखड प्रहरीमा ४ जनाविरुद्ध उजुरी गरेका छन्।

बिज्ञापन

बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका केही प्राध्यापकको बढुवा तथा करारमा रहेकाहरू स्थायी भएको खुसियालीमा उनीहरू पिकनिक गएका थिए।त्यहाँका डीएसपी दिपेन्द्र पालका अनुसार उनीहरू सबैलाई आज बिहान १० बजे प्रहरी कार्यालयमा बोलाइएको छ।प्राध्यापकहरूले मदिरासमेत सेवन गरेपछि आपसमा विवाद भएको हो। बहुमुखी क्याम्पसका उपप्राध्यापक टीका भट्ट, लेखापाल सिद्धराज न्यौपाने र राष्ट्रिय मावि तारा नगरका लेखापाल कमल बडुवाल र शिक्षक विजय शाहीको कुटपिटबाट आफ्नो आँखा र घुँडामा चोट लागेको हुँदा गौतमले प्रहरीमा निवेदन दिएका हुन्।

पिकनिकका लागि खानीडाँडा पुगेका प्राध्यापकहरूको बिचमा बिवाद भएपछि कुटाकुटको स्थितिसम्म पुगेको बताइएको छ।घोडाघोडी क्याम्पसका प्राध्यापक विकास गौतमले आफू खाईरहेको बेला तारानगरका लेखापाल कमल बडुवालले आक्रमण गरेको जनाएका छन्। घोडाघोडी बहुमुखी क्याम्पसको वनभोजमा राष्ट्रिय मावि तारा नगरका लेखापाल कमल बडुवाल र विजय शाहीसमेत थिए।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

बिशेष