तलब बढाउन कर्मचारी संगठनको माग

नेपाल राष्ट्रिय कर्मचारी संगठन केन्द्रीय समितिले सरकारी कर्मचारीहरूको हितको लागि एउटा कल्याणकारी कोष स्थापना गर्नुपर्ने माग गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणका लागि कल्याणकारी कोष स्थापना गर्नुपर्ने माग गरेको हो।

बिज्ञापन

कल्याणकारी कोषको लागि निजामती कर्मचारी योगदान कोषमा जम्मा हुने रकम, कर्मचारीको तलबबाट ३ प्रतिशत योगदान, सरकारले योगदानको तीन गुना रकम, कर्मचारीले पाउने अन्य सुविधाबापत २० प्रतिशत रकम र विदेशी दातृ निकायबाट प्राप्त सहायता रकम समावेश गर्नुपर्ने उसको माग छ ।

बिज्ञापन

यस्तै केन्द्रीय समितिले सो कोष स्थापना गरी संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूको आधारभूत सेवा सुविधामा एकरूपता कायम गर्न र उत्पादनमूलक कार्यक्रमहरू सञ्चालन गर्न सुझाव दिएको छ ।

संगठनले कल्याणकारी कोषबाट निजामती अस्पताललाई विस्तार गर्ने, बहुप्राविधिक महाविद्यालय सञ्चालन गर्ने, कर्मचारी सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने र कपडा उद्योग सञ्चालन गर्ने लगायतका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ । केन्द्रीय समितिले कर्मचारीको तलब समायोजन गर्न पनि सरकारसँग माग गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष