तलब बढाउन कर्मचारी संगठनको माग

नेपाल राष्ट्रिय कर्मचारी संगठन केन्द्रीय समितिले सरकारी कर्मचारीहरूको हितको लागि एउटा कल्याणकारी कोष स्थापना गर्नुपर्ने माग गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणका लागि कल्याणकारी कोष स्थापना गर्नुपर्ने माग गरेको हो।

बिज्ञापन

कल्याणकारी कोषको लागि निजामती कर्मचारी योगदान कोषमा जम्मा हुने रकम, कर्मचारीको तलबबाट ३ प्रतिशत योगदान, सरकारले योगदानको तीन गुना रकम, कर्मचारीले पाउने अन्य सुविधाबापत २० प्रतिशत रकम र विदेशी दातृ निकायबाट प्राप्त सहायता रकम समावेश गर्नुपर्ने उसको माग छ ।

बिज्ञापन

यस्तै केन्द्रीय समितिले सो कोष स्थापना गरी संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूको आधारभूत सेवा सुविधामा एकरूपता कायम गर्न र उत्पादनमूलक कार्यक्रमहरू सञ्चालन गर्न सुझाव दिएको छ ।

संगठनले कल्याणकारी कोषबाट निजामती अस्पताललाई विस्तार गर्ने, बहुप्राविधिक महाविद्यालय सञ्चालन गर्ने, कर्मचारी सन्ततिलाई छात्रवृत्ति प्रदान गर्ने र कपडा उद्योग सञ्चालन गर्ने लगायतका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ । केन्द्रीय समितिले कर्मचारीको तलब समायोजन गर्न पनि सरकारसँग माग गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष