यसकारण यी २९ वर्षीया युवतीले जब रोजिन इच्छामृत्यु …

नेदरल्याण्ड्समा तनावबाट पीडित एक २९ वर्षीया युवतीलाई इच्छामृत्युको अनुमति दिइएको छ । ती युवतीको नाम जोरया टेर बेक हो ।

बिज्ञापन

उनी जर्मनीको सिमाना नजिकै नेदरल्याण्डमा बस्छिन् । उनले साढे तीन वर्षदेखि नेदरल्याण्ड प्रशासनलाई इच्छामृत्युका लागि मनाउने प्रयास गरेकी थिइन । द गार्डियनका अनुसार यो महिना उनको मृत्यु हुनसक्छ ।

बिज्ञापन

जोरया धेरै वर्षदेखि अटिजम र असहनीय मानसिक समस्यासँग संघर्ष गरिरहेकी छन् । अटिजम भएको व्यक्तिले आफैलाई प्रहार गर्छ र चोट पुर्याउँछ । उसलाई आत्महत्या गर्ने सोच आइरहन्छ । जोरयाले अब आफ्नो समस्याको समाधान नभएको महसुस गर्दै इच्छामृत्युको माग गरेकी थिइन् ।

तर, उनी शारीरिक रूपमा पूर्ण रूपमा फिट छिन् । यस्तो अवस्थामा उनको इच्छामृत्युको स्वीकृतिमा प्रश्न भने उठिरहेको छ । मानसिक रोगबाट ग्रसित मानिसहरुले इच्छामृत्युलाई अपनाउने गरेको बताउँछन् । जोराया बाल्यकालदेखि नै चिन्ता र आघातको सिकार थिइन् ।

बिज्ञापन

जोरयाले द गार्डियनलाई बताए अनुसार उनको समस्या बाल्यकालबाट सुरु भएको थियो । उनी क्रोनिक डिप्रेसन, एन्जाइटी, ट्रमा र पर्सनालिटी डिसअर्डर जस्ता समस्याबाट पीडित हुन थालिन । यसबाहेक उनलाई अटिजमको समस्या पनि थियो । यसैमा उनी आफैंलाई दुःखी बनाउन थालिन् ।

 

जोरायाले आफ्नो रोगसँग लड्न इलेक्ट्रोकन्भल्सिभ थेरापी (इसीटी) को ३० भन्दा बढी उपचार गराइन् । यसमा बिरामीलाई विद्युतीय झटका दिइन्छ । तर उनको स्वास्थ्यमा कुनै सुधार नआएको जोरयाले बताएकी छन् ।

 

 

१० वर्षसम्म विभिन्न तरिकाले उपचार गराएपछि निराश भएर अन्ततः स्वस्थ जीवन जिउने आशा त्यागेको जोरयाले बताइन् । त्यसपछि उनले इच्छामृत्युका लागि आवेदन दिएकी थिइन् । उनले इच्छामृत्यु प्राप्त गर्न त्यति सजिलो नभएको बताइन् ।

 

इच्छामृत्युलाई वैधानिकता दिने पहिलो राष्ट्र नेदरल्याण्ड्स हो । त्यहाँ सन् २००१ मा इच्छामृत्युलाई कानुनी मान्यता दिइएको थियो । नेदरल्याण्डमा, इच्छामृत्युको लागि स्वीकृति पाएपछि, डाक्टरहरूले सामान्यतया अन्तिम मिनेटको प्रक्रिया सम्बन्धित व्यक्तिको घरमा गर्छन् । यस क्रममा बिरामीलाई विशेष प्रकारको इन्जेक्सन दिइन्छ र केही मिनेटमै उनको मृत्यु हुन्छ ।

 

विशेष कुरा यो हो कि यो मामिला मृत्युपछि पनि छानबिन हुन्छ । चिकित्सकको तर्फबाट अलिकति पनि लापर्बाही गरेको पाइएमा १२ वर्षसम्म कैद हुनसक्छ । सन् २०२२ मा नेदरल्याण्डमा यस कानुनी विधिबाट कुल ८ हजार ५ सय १ जनाले इच्छामृत्यु रोजेका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष