निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश

सर्वोच्च अदालतले उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

बिज्ञापन

जसपा, नेपालको विभाजनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वाेच्चका न्यायधीश विनोद शर्माको एकल इजलाशले यस्तो आदेश दिएको हो ।

बिज्ञापन

दल विभाजनसम्बन्धी कानुन निष्क्रिय रहेको अवस्थामा विभाजनलाई वैधानिकता दिइनु असंवैधानिक कदम दाबी गर्दै यादवले अस्ति रिट दायर गरेका थिए । रिटमा अशोक राई नेतृत्वको विभाजित जसपालाई आधिकारिकता दिने आयोगको निर्णयलाई उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको थियो ।

अध्यक्ष यादव देश बाहिर रहेका बेला राईको नेतृत्वमा जसपा फुटेको थियो । बैशाख २३ गते नयाँ दल दर्ताका लागि निवेदन दिएकोमा निर्वाचन आयोगले भोलिपल्ट २४ गते नै प्रमाणपत्र दिएको थियो ।

बिज्ञापन

सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले जेठ ८ गते अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने निर्णय गर्दै हालका लागि निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विवादित उपसचिवहरु उपत्यका छिर्न लाखौंको चलखेल,विवादमा तानिदैं मन्त्री अधिकारी

अर्थ मन्त्रालयमा ९० शाखा अधिकृतको व्यापक हेरफेर

जीबी राई भगाउने सहसचिव घिमिरे ‘पुरस्कृत’

मन्त्रीका स्वकीयका अगाडि सचिव र सहसचिव निरिह

२० भदौंभित्र सहसचिव र उपसचिव पदको माग आकृति फाराम पठाउन सामान्यको परिपत्र

मन्त्री न्यौपाने भन्छिन्ः अब एक वर्ष नपुग्दै कसैको सरुवा हुँदैन

‘अब एक वर्ष दिन नपुगी कुनै कर्मचारीको सरुवा हुँदैन’ : मन्त्री न्यौपाने

भ्रष्टाचार मुद्धामा मुख्य सचिवलाई उन्मुक्ति दिएको भन्दै सर्वाेच्च पुग्यो अख्तियार

बिशेष