निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश

सर्वोच्च अदालतले उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

बिज्ञापन

जसपा, नेपालको विभाजनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वाेच्चका न्यायधीश विनोद शर्माको एकल इजलाशले यस्तो आदेश दिएको हो ।

बिज्ञापन

दल विभाजनसम्बन्धी कानुन निष्क्रिय रहेको अवस्थामा विभाजनलाई वैधानिकता दिइनु असंवैधानिक कदम दाबी गर्दै यादवले अस्ति रिट दायर गरेका थिए । रिटमा अशोक राई नेतृत्वको विभाजित जसपालाई आधिकारिकता दिने आयोगको निर्णयलाई उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको थियो ।

अध्यक्ष यादव देश बाहिर रहेका बेला राईको नेतृत्वमा जसपा फुटेको थियो । बैशाख २३ गते नयाँ दल दर्ताका लागि निवेदन दिएकोमा निर्वाचन आयोगले भोलिपल्ट २४ गते नै प्रमाणपत्र दिएको थियो ।

बिज्ञापन

सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले जेठ ८ गते अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने निर्णय गर्दै हालका लागि निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष