ट्रायल सेन्टरको ब्रह्मलुट,हाकिमहरुलाई कति पुग्छ घुस ?

राष्ट्रिय सतर्कता केन्द्रको निशानामा मापदण्डविपरीतका ट्रायल सेन्टर पर्न थालेका छन् । कन्द्रले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, राधेराधे भक्तपुर, काठमाडौंको ठूलोभऱ्याङ र चाबहिल तथा ललितपुरको एकान्तकुना मापदण्डविपरीत सञ्चालनमा रहेको ठहर गरेको छ ।केन्द्रले काठमाडौं,भक्तपुर,ललितपुरमा सञ्चालनमा रहेका राधेराधे भक्तपुर, काठमाडौं,ठूलोभर्‍याङ, चाबहिल र ललितपुर एकान्तकुनालाई पत्र लेख्दै त्यहाँका अधिकांश ट्रायल सेन्टरहरु मापदण्ड अनुसार सञ्चालन नभएको,सोही कारण अधिकांश परीक्षार्थीहरु अनुत्तिण हुने गरेको,मनोमानी ढंगले शुल्क लिने गरेको भेटिएको जनाइएको छ ।

बिज्ञापन

केन्द्रले यस्ता ट्रायल सेन्टरलाई कारवाही गर्न निर्देशन दिएको छ । प्रदेश सरकारले भाडामा लिएर ट्रायल परीक्षा चलाइरहेको इजी वे ट्रायल सेन्टर राधेराधे भक्तपुर, बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल भक्तपुर, भेहिकल एकेडेमी तथा रिसर्च सेन्टर प्राली गुर्जुधारा, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालि गोकर्णेश्वर, सुजुकी ड्राइभिङ स्कुल प्रालि एकान्तकुना, सिटी ड्राइभिङ प्रशिक्षण केन्द्रको स्थलगत निरीक्षणपछि राष्ट्रिय सतर्कता केन्द्रले ती ट्रायल सेन्टरले सरकारले तोकेको मापदण्डमा नै पूरा नगरेको भन्दै कारबाही गर्न निर्देशन दिएको हो ।

बिज्ञापन

यी ट्रायल सेन्टरका सञ्चालकहरुसँग कर्मचारीहरुले मिलेमतो गर्ने र पास फेल गराउने गर्दै आएका छन् । यातायातका कार्यालय नै कर्मचारी कम र ट्रयाल सेन्टर सञ्चालकहरुले बढी चलाउने गर्दछन् भन्ने आरोपमात्र होइन कि प्रष्ट देखिएको छ । ट्रयाल दिने मान्छे क्यानडामा छ । यहाँ खेताला परीक्षार्थीले परीक्षा दिन्छ र लाइसेन्स हात पार्दछ । यस्तो गडबडीविरुद्ध उजुरी टंगालमा पुग्छ तर अख्तियारले छानबिनमा चासो नदिँदा बदमासी गर्नेहरुको हौसला झनै बढेको छ ।

जस्तो गत २०८० असोज २३ गते बर्ग ‘बी’ को ट्रायल परीक्षा सि न १२२ का परीक्षार्थी क्यानडामा बसोबास गर्दै आएका छन् । उनको नाममा खेताला उमेद्धारले परीक्षा दिए र उत्र्तीण पनि भए । सिन २२१ को नक्कली परीक्षार्थी खडा गरी लाइसेन्स दिने काम तमाम पारियो । यस्का अलवा मृतकका नाममा समेत त्यहाँबाट लाइसेन्स इस्यु भइरहेको याताायातकै कर्मचारीहरु बताउँछन् । त्यहाँका कर्मचारीहरुले ट्रयाल सेन्टरसँगको मिलेमतोमा अनुत्र्तीण भएकालाई उत्र्तीण गराउने,खेताला लगाएर परीक्षा दिइ लाइसेन्स दिने धन्दा चलिरहेको बताइन्छ । यस्का अलवा ०८० माघको पहिलो शुक्रवार सि नं ४ का सेवाग्राहीलाई जे जे टुमा बायोमेट्रिक नगराई परीक्षा दिन लगाएको यातायातकै कर्मचारीहरुले बताउँदै हिडेका थिए । त्यहाँ हेभी गाडीमा उत्तीर्ण गराएबापत २० देखि ८० हजारसम्म असुल गरिन्छ । कारको १० हजार, बसको १५ हजार, बाइकमा आठ हजार उठाइँदै आएको छ ।
यस्को प्रमाणसहित समाचार   कर्मचारी प्रेसले केही अगाडि प्रकाशन गरेसँगै सर्तकता केन्द्रले उपत्याकाका ट्रायल सेन्टरमा अनुगमन गरेको थियो ।सञ्चालनमा रहेका ट्रायल सेन्टरमा धिसम्मत नदेखिएको, ले–आउटको क्रम नमिलेको, स्पीड ब्रेकर टेस्टमा मेटल राखेर स्लोप लामो बनाइएको, ट्राफिक सिग्न टेस्ट निर्देशिकामा तोकिए बमोजिम नभएको, बम्पी टेस्ट अन्तर्गत पीसीसी प्लाटफर्म नभएको भेटिएको केन्द्रले जनाएको छ ।
केन्द्रले कानून तथा निर्देशिकामा स्पष्ट रुपमा तोकिएको व्यवस्था तथा मापदण्ड पालना भएको नदेखिएको हुँदा ट्रायल सेन्टरले बिधिको पालना गरी सवारी चालक प्रशीक्षण केन्द्र संचालन निर्देशिका, २०७४ ले तोकेको मापदण्ड अनुसार ट्रायल सेन्टरको सञ्चालन तथा व्यवस्थापनमा कानूनको अक्षरशः कार्यान्वयन गरेर मात्र प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन कार्यालयलाई निर्देशन दिएको छ ।
यस्तै,केन्द्रले सचिव स्तरको निर्णय अनुसार भष्ट्राचार निवारण ऐन २०५९ को दफा ३८ छ बमोजिम दिएको निर्देशनको जानकारी अख्तियार दुरुपयोग अनुसान्धान आयोग, गृह मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, बागमती प्रदेश, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय, बाग्मती प्रदेश, यातायात व्यवस्था विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरलाई पनि दिएको छ ।

बिज्ञापन

अधिकांश ट्याल सेन्टर मापदण्ड विपरित सञ्चालन भइरहेको छन् । मनोमानी शुल्क लिइरहेको छन् । पास भएकालाई फेल,फेल भएकालाई पास बनाइरहेका छन् । यतिमात्रै होइन,विदेशमा भएका व्यक्तिका नाममा,मृतकका नाममा समेत ट्याल दिएर लाइसेन्स निकालिएको छ । तर यस्तो गम्भीर बिषयमा यातायात कार्यालयका हाकिमहरु कुनै कारवाही प्रक्रिया अगाडि बढाउदैनन् । उनीहरु ट्रयाल सेन्टरसँगै रकम असुलेर माथिसम्म बुझाउने र आफू कुर्सीमा टिक्ने एक सूत्रीय धन्दामा केन्द्रित छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

राष्ट्रका लागि लड्ने क्याप्टेन, जीवनका लागि एक्लै योद्धा

दलिय कर्मचारी संगठनको दादागिरी : वरिष्ठ अधिकृत हटाइ युनियन सल्लाहकारलाई प्रमुख बनाउन दबाब

भिषण वर्षाको जोखिमबीच दुई दिन सार्वजनिक बिदा दिन कर्मचारीको सुझाव

भारी वर्षासँगै राजमार्ग अवरुद्ध हुने सम्भावना : सडक विभागको सतर्कता अपिल

नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड पहिरोले अवरुद्ध

बागमती र मधेशमा चट्याङसहित वर्षा, मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह

बडादसैँ : धर्मको रक्षा र जीवनलाई प्रेरणा

बिशेष