ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा श्रेष्ठ

ललितपुर । सरकारले ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गरेको छ । जसअनुसार सहसचिव रेखा दास श्रेष्ठले मंगलबारदेखि नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा कामकारबाही थालेकी छन् ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रादेशिक समन्वय तथा योजना महाशाखा प्रमुख रहेकी रेखालाई नयाँ जिम्मेवारी दिइएसँगै यसअघि ललितपुर महानगरमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारतीको भरतपुर महानगरपालिका सरुवा भएको छ । सरकारले काठमाडौँ महानगर पछि ललितपुर महानगरमा पनि पछिल्लो पुस्ताका युवाका प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति गरेको हो।

बिज्ञापन

भारती भरतपुर महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्ने गरी सरुवा भएका छन्। ललितपुर महानगरले प्रमुख प्रशासकीय अधिकृत रेखा दासको स्वागत र भारतीको बिदाई गर्न आयोजना गरेको कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले जनप्रतिनिधि र महानगरका अन्य कर्मचारी सहयोगी भएको बताए।

उनले भने, ‘हामी मिलनसार छौं, तर्सिन पर्दैन, नहुने कुरा नल्याउनुहोस्, हुने कुरा ल्याउनुहोस्।’ रेखादास ललितपुर महानगरको पहिलो प्रमुख प्रशासकीय अधिकृत भएको बताउँदै महानगर प्रमुख महर्जनले भने, ‘उहाँ स्मार्ट हुनुहुन्छ, डाइनामिक हुनुहुन्छ, महानगरको विकास गर्न उहाँको कामले फलदायी रिजल्ट निकाल्छ।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लोक सेवा आयोगको नतिजा सार्वजनिक: रा.प.प्रथम (हाइवे) सहसचिव पदमा ४ जना अन्तर्वार्ताका लागि छनोट

स्थानीय तहका पदाधिकारीहरू आफू बहाल पालिकाभित्र चुनावी प्रचारमा हिंड्न नपाउने

पुस्तक समीक्षा: वेदान्त सुवर्ण मालाः अद्वैत वेदान्तको दर्शन र अनुभवको संगम

बहादुर भवनको निर्देशन भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्निनुहोस्

विवादित सिडिई जयसवालमाथि कारबाही किन हुँदैन, मन्त्री चौलागाईं मौन किन ?

भ्रष्टाचार मुद्धा : एक पूर्वमन्त्रीसँग माग्यो पाँच लाख धरौटी,अर्काे मन्त्री -सचिव साधरण तारेखमा रिहा

निर्वाचनमा लगातार सात दिन सार्वजनिक विदा

रसुवामा राष्ट्रिय युवासंघ पुनर्गठन: सुरेश थोक्रा अध्यक्ष चयन

बिशेष