उपसचिवको परीक्षामा बहिनी प्रथम,दाजुले दोस्रोमा नाम निकाले

मुलुकको राजनीतिका कारण कति निराशाका खबर मात्र पढ्ने आउनुहोस केही आशाका खबरहरु पनि पढौं ।

बिज्ञापन

लोक सेवा आयोगले मंगलबार राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको छ । यसरी उपसचिवमा नाम निकाल्नेहरुमा ४१ जना आप्रतर्फ छन् । यस्तै लेखा २,राजश्वतर्फ ३ जना,प्रशासनतर्फबाट ११ जना खुलातर्फबाट थपिएका छन् ।यस्तै खुलामा राजश्वतर्फ १,लेखा १, र ८ जना कानुनबाट नाम निकाल्न सफल भएका छन् ।

बिज्ञापन

संयोग चाहिँ कस्तो भने यसरी नतिजा सार्वजनिक गर्दा एकाघरका छोरा र छोरी आन्तरिक प्रशासनतर्फ नाम निकाल्न सफल भए । आयोगले लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका विभिन्न उम्मेदवारहरूको अन्तर्वार्ता, इन बास्केट एक्सरसाइज र लिखित परीक्षासमेतको प्राप्ताङ्कका आधारमा बढुवा नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गर्दा पहिलो नम्बरमा एकाघरमा बहिनी र दोश्रो नम्बरमा दाजुको नाम सिफारिस भएको छ ।

मंगलबार आप्रबाट बढूवा सिफारिस भएका ४१ जनामध्ये रोलनम्बर ८७०५८२ रहेको पूर्णिमा उपाध्याय र केशव उपाध्याय ( ८७१३८४) दोश्रोमा सिफारिस भएका छन् । उनीहरु एकाघरका दाजु बहिनी हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुशासनमैत्री,नागरिकमैत्री कर्मचारीतन्त्र निर्माणमा दलको प्रतिवद्धता खोज्दै एकीकृत सरकारी कर्मचारी संगठन

प्रमुख प्रशासकीय अधिकृत,सव इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

निर्वाचन आचारसंहिताकै बीच नियामक निकायमा धमाधम नियुक्ति

‘सचिवस्तरीय’ निर्णयबाट भएको आधा दर्जन कर्मचारी सरुवा ‘मन्त्रीस्तरीय निर्णयले बदर

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

गृहमा अनेकन मनपरी : सहसचिवहरु जगेडामा,तालिम नलिएका कर्मचारीलाई धमाधम सिडियो

कर्मचारी सरुवामै चुनावी सरकारको ध्यान,निर्वाचन आचारसंहिता लाग्दा समेत सचिव सरुवा

पुनरावेदकको मागदावी पुग्ने अदालतको ठहर पछि यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बिशेष