तस्करी नियन्त्रण गर्न नसकेपछि पर्साका सशस्त्रका एसपी तानिए

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हेडक्वाटर पर्साका गणपति प्रहरी उपरीक्षक किसन कर्माचार्य हेडक्वार्टर तानिएका छन् ।

बिज्ञापन

संगठनले दिएको जिम्मेवारी निष्ठापूर्वक बहन गर्न नसकेको, बीरगंज भंसार र पर्साको सीमावर्ती क्षेत्रबाट हुने अवैध र संस्थागत तस्करी नियन्त्रणमा समेत प्रभावकारी भूमिका नखेलेको लगायतका अनेकौँ गुनासा एवं खबर सशस्त्र प्रहरी प्रधान कार्यालय एवं गृहमन्त्रालयसम्म पुगेपछि बुधवार सशस्त्र प्रहरी उपरीक्षक कर्माचार्यलाई हेडक्वार्टर फिर्ता बोलाइएको स्रोतले जनाएको छ ।

बिज्ञापन

कर्णाली प्रदेशको निरीक्षण भ्रमणमा पुगेका आईजीपी राजु अर्याल काठमाडौं फर्के लगत्तै उनको सरुवा गरिएको हो ।

सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्य ७ महिनादेखि नं. १३ गण, हेडक्वाटर पर्सामा थिए, समयावधि नपुग्दै तानिएएका एसपी कर्माचार्यको ठाउँमा सशस्त्र प्रहरी प्रधान कार्यालयबाट राधेश्याम धिताललाई पठाउने निर्णय गरिएको स्रोत बताउँछ ।भक्तपुर घर भएका एसपी धिमाल अहिले स्टाफ कलेजमा कार्यरत थिए। तत्कालीन गृह सचिव महेश्वर न्यौपाने हुदा भक्तपुरे भएको कारण तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई दबाब दिएर डिएसपी हुंदा मुख्यालयको कर्मचारी प्रशासनमा बस्न सफल भएका थिए ।कर्मचारी प्रशासनका तत्कालीन डिएसपी सन्तोष बहादुर सिंहलाई ( हाल एसपी बारा) हटाएर धिमाल महेश्वर न्यौपानेको सोर्सफोर्सले कप्र बसेका थिए । सशस्त्र प्रहरीको कप्र संगठन भित्र भन्सारका रूपमा चिनिन्छ ।

बिज्ञापन

केही दिनअघि मात्र वीरगंज भंसारस्थित सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्ममा कार्यरत सशस्त्र प्रहरीका असईसहित तीन जनालाई निलम्बनको सिफारिससहित छिन्नमस्ता बाहिनी मुख्यालयमा पठाईएको थियो ।बिगत लामो समयदेखि बन्द रहेको तस्करीको लाइन सशस्त्र प्रहरीले पुनः सुचारु गरेको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अवकाशपछि मुद्दा चलेर भ्रष्टाचारमा दोषी ठहर भए पनि पेन्सन दिने प्रस्ताव

स्थानीय तहका कर्मचारीद्वारा पनि आन्दोलन घोषणा

राप्रपाको प्रदर्शनबारे गृह मन्त्रालयको चेतावनी

अन्तर प्रदेश सरुवाको विपक्षमा मुख्यसचिव,कर्मचारीबाट चर्काे आलोचना

उच्च प्रशासकलाई आफ्नै सुर्ता,कस्ले बुझ्छ तल्ला तहका कर्मचारीको मर्का ?

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

बिशेष