संसदको बजेट अधिवेशन आजबाट,संघीय निजामती सेवा विद्येयक पठाउला त समितिमा ?

प्रतिनिधि सभाको बजेट अधिवेशन आज बस्दै छ । विद्येयक अधिवेशनका रुपमा हेरिएको हिँउदे अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि अन्त्य भएसँगै संघीय निजामती सेवा विद्येयक अलपत्र परेको छ ।

बिज्ञापन

संघीय निजामती सेवा विद्येयक प्रतिनिधि सभाको एउटा सिटिङमा मात्र अल्झिएको छ । आज बस्ने बैठकले उक्त विद्येयक राज्यव्यवस्था तथा सुशासन समितिमा पठाइएको खण्डमा उक्त समितिमा दफादार छलफल हुने अन्यथा विद्येयक अर्को अधिवेशनसम्म त्यतिकै अल्झने संसद सचिवलायका एक उपसचिवले कर्मचारी प्रेसलाई बताए ।

बिज्ञापन

प्रतिनिधि सभामा मात्र २३ विधेयक छलफलका क्रममा छन् । प्रतिनिधि सभामा बैङ्क तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, सङ्घीय निजामती, निर्माणमुखी सामग्री व्यवस्थापन, राजनीतिक दलसम्बन्धी विधेयक विचाराधीन छन् । यस्तै भन्सार, बैङ्किङ कसुर तथा सजाय, विद्यालय शिक्षा, विद्युत्लगायतका विधेयक पनि प्रतिनिधि सभामा नै विभिन्न चरणमा विचाराधीन छन् । सङ्घीय संसद्को पहिलो अधिवेशनमै दर्ता भएका संवैधानिक परिषद्सम्बन्धी विधेयक र बेपत्ता पारिएका व्यक्तिको खोजबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पनि समितिमा दफाबार छलफलका क्रममा छन् ।

प्रतिनिधि सभामा २३ वटा विद्येयक अल्झिएका छन् । जसमध्येको अन्तिम चरणमा पुगेको विद्येयक हो संघीय निजामती सेवा विद्येयक । विद्येयक प्रतिनिधि सभाको एउटामात्र सिटिङमा अल्झिएको छ । उक्त बैठकले विद्येयक दफादार छलफलका लागि संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा पठाउनेछ । उक्त विद्येयक उपर १५ सयभन्दा बढी संशेधन प्रस्ताव दर्ता भएको छ ।

बिज्ञापन

बजेट अधिवेशनमा बजेटकै केन्द्रविन्दुमा रहेर छलफल हुने हुँदा संघीय निजामती सेवा विद्येयक यो अधिवेशनमा अगाडि बढ्ने सम्भवना न्यून रहेको देख्दन संसदका कर्मचारीहरु ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रशासकीय अधिकृतले आफैंलाई बढुवा गरेपछि…

रसुवागढी नाकामा अस्थायी पुल बनाउने चीनको प्रतिबद्धता, दसैंअघि निर्माण हुने अपेक्षा

रुपन्देहीमा सशस्त्र प्रहरीको दृढ उपस्थिति: सीमासुरक्षा, लागुऔषध नियन्त्रण र राजस्व सुरक्षा एकैसाथ

सुव्वाको भंयकर शक्ति

लिजको जग्गा धितो राखेर डेढ अर्व ऋृण,किन हुँदैन छानबिन ?

शासकलाई हाइसञ्चो,प्रशासकलाई दोव्वर जरिवाना

विशेष समितिसँग खतिवडाको बयान : ‘कर्मचारीले षडयन्त्र र विश्वासघात गरे’

सार्वजनिक विदामा समेत सम्पत्ति विवरण बुझाउन सकिने : राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था

बिशेष