संसदको बजेट अधिवेशन आजबाट,संघीय निजामती सेवा विद्येयक पठाउला त समितिमा ?

प्रतिनिधि सभाको बजेट अधिवेशन आज बस्दै छ । विद्येयक अधिवेशनका रुपमा हेरिएको हिँउदे अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि अन्त्य भएसँगै संघीय निजामती सेवा विद्येयक अलपत्र परेको छ ।

बिज्ञापन

संघीय निजामती सेवा विद्येयक प्रतिनिधि सभाको एउटा सिटिङमा मात्र अल्झिएको छ । आज बस्ने बैठकले उक्त विद्येयक राज्यव्यवस्था तथा सुशासन समितिमा पठाइएको खण्डमा उक्त समितिमा दफादार छलफल हुने अन्यथा विद्येयक अर्को अधिवेशनसम्म त्यतिकै अल्झने संसद सचिवलायका एक उपसचिवले कर्मचारी प्रेसलाई बताए ।

बिज्ञापन

प्रतिनिधि सभामा मात्र २३ विधेयक छलफलका क्रममा छन् । प्रतिनिधि सभामा बैङ्क तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, सङ्घीय निजामती, निर्माणमुखी सामग्री व्यवस्थापन, राजनीतिक दलसम्बन्धी विधेयक विचाराधीन छन् । यस्तै भन्सार, बैङ्किङ कसुर तथा सजाय, विद्यालय शिक्षा, विद्युत्लगायतका विधेयक पनि प्रतिनिधि सभामा नै विभिन्न चरणमा विचाराधीन छन् । सङ्घीय संसद्को पहिलो अधिवेशनमै दर्ता भएका संवैधानिक परिषद्सम्बन्धी विधेयक र बेपत्ता पारिएका व्यक्तिको खोजबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक पनि समितिमा दफाबार छलफलका क्रममा छन् ।

प्रतिनिधि सभामा २३ वटा विद्येयक अल्झिएका छन् । जसमध्येको अन्तिम चरणमा पुगेको विद्येयक हो संघीय निजामती सेवा विद्येयक । विद्येयक प्रतिनिधि सभाको एउटामात्र सिटिङमा अल्झिएको छ । उक्त बैठकले विद्येयक दफादार छलफलका लागि संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा पठाउनेछ । उक्त विद्येयक उपर १५ सयभन्दा बढी संशेधन प्रस्ताव दर्ता भएको छ ।

बिज्ञापन

बजेट अधिवेशनमा बजेटकै केन्द्रविन्दुमा रहेर छलफल हुने हुँदा संघीय निजामती सेवा विद्येयक यो अधिवेशनमा अगाडि बढ्ने सम्भवना न्यून रहेको देख्दन संसदका कर्मचारीहरु ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अध्यादेश ल्याउँदै सरकार

अपरान्ह मन्त्रिपरिषद्को बैठक,अध्यादेश स्वीकृतिका लागि राष्ट्रपति समक्ष पठाइने तयारी

सुकुम्बासी राजनीतिले काठमाडौँ कुरूप बन्यो : पूर्वसचिव भीम उपाध्याय

स्थानीय तह जान अटेरी गर्ने कर्मचारीमाथि कडा कदम, मन्त्री रावलको निर्देशनपछि यी उपसचिवमाथि कारबाहीको सिफारिस

संघीय निजामती विधेयकमा ट्रेड युनियन अधिकार कटौतीको प्रयासप्रति कर्मचारी संगठनहरुको आपत्ति

सुधारका फाइल थन्किँदा वैदेशिक रोजगार क्षेत्र अस्तव्यस्त : सचिव काफ्ले आलोचनामा

उत्कृष्टको सम्मान पाएका प्रहरी घुससहित पक्राउ

नैतिकता र डिजिटल अस्तित्वको द्वन्द्व   

बिशेष