गैरकानुनी नियुक्ति लिएका सदस्य सचिवको गुमनाम बहिर्गमन

राष्ट्रिय सतर्कता केन्द्रले राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीको नियुक्ति गैरकानुनी भएको ठहर गरेसँगै उनी सुटुक्क राजीनामा बुझाएर हिडेका छन् । अधिकारीले सोमबार नै राजीनामा बुझाएर सुटुक्क त्यहाँबाट बाहिरिएको कोष स्रोतले जनाएको छ ।  शक्तिबहादुर बस्नेत वन तथा वातावरणमन्त्री भएका बेला ३ पुस २०७७ मा ५ वर्षका लागि अधिकारीलाई कोषमा नियुक्त भएका थिए । उनी कार्यकाल सकिन एक बर्ष बाँकी छँदै राजीनामा बुझाएर सुटुक्क बाहिरिएका हुन ।

बिज्ञापन

उनको नियुक्ति गैरकानुनी रहेको जनाउँदै २०७८ मा अख्तियार दुरुपयोगमा उजुरी परेको थियो । अख्तियारले उक्त उजुरीउपर छानबिनको सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग पटक पटक पत्राचार गरेको थियो । तर,आयोगको छानबिन फितलो भएकाले अधिकारीले बेरोकटोक काम गर्दै आए । अयोग्य व्यक्तिको नियुक्तिपछि यसबीच भएका कतिपय आर्थिक र नीतिगत निर्णयमा गम्भीर चलखेल गरिएको कोषका कर्मचारीहरु बताउँछन् ।

बिज्ञापन

उनको शैक्षिक योग्यता र नियुक्तिलाई लिएर राष्ट्रिय सतर्कता केन्द्रमा पनि उजुरी परेको थियो । केन्द्रले उनको नियुक्ति विधिसम्मत नदेखिएको भन्दै आवश्यक कारबाहीका लागि कोषका अध्यक्ष कृष्णप्रसाद ओलीलाई निर्देशन दियो । २२ फागुनमा केन्द्रका सचिव रामआधार साहले अधिकारीको नियुक्ति नियुक्ति विधिसम्मत नदेखिएको भन्दै आवश्यक कारबाही गर्न कोषका अध्यक्ष कृष्णप्रसाद ओलीलाई निर्देशन दिने निर्णय गरेका छन् ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३८ (छ)ले दिएको अधिकार बमोजिम सतर्कता केन्द्रले यस्तो पत्र पठाएको हो । मनोनयनको प्रक्रिया नपुगेको र नियुक्ति गर्दा पालना गर्नुपर्ने कार्यविधि पनि पालना नभएको सतर्कताको ठहर छ । पत्रअनुसार अधिकारी अब पदमुक्त हुने छन् ।

बिज्ञापन

सतर्कता केन्द्रले अनुसन्धानमा नेपाल सरकार मन्त्रिपरिषद्‍बाट स्वीकृत भएको वन तथा भू संरक्षण मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ अनुसार अधिकारी नियुक्त नभएको ठहर गरेको छ । सो मापदण्डले तोकेको शैक्षिक योग्यता अधिकारीसँग नभएको र मापदण्ड अनुसार पूरा गर्नुर्पो मनोनयनको प्रक्रिया पूरा नभएको सतर्कताको ठहर गरेको थियो ।

यस्तै वन तथा वातावरण मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी, कार्यकारी प्रमुख तथा सदस्यको नियुक्ति र मनोनयनका लागि छनोट गर्दा अपनाउनुपर्ने कार्यविधि, २०७५ अनुसार पालना गर्नुपर्ने व्यवस्थाहरु समेत मिचिएको सतर्कताले जनाएको छ ।

मन्त्रालयको मापदण्डअनुसार कम्तीमा वन विज्ञान, विज्ञान वा प्राकृतिक स्रोत व्यवस्थापन विषयमा स्नातकोत्तर तह अध्ययन सकेर सम्बन्धित क्षेत्रमा न्युनतम् ५ वर्षको अनुभव भएको हुनुपर्ने उल्लेख छ । तर, अधिकारीले नियुक्ति पाएको समयमा मानविकी संकायमा पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर उत्तीर्ण गरेको भटिएको सतर्ककता केन्द्रका अनुसन्धान अधिकारी बताउँछन् । सदस्य सचिव अधिकारीले कोषमा कार्यक्तम व्यवस्थापन र र जनसम्पर्क अधिकृतका रूपमा गरी काम गरेपनि ५ वर्षको योग्यता नपुगेको ठहर सतर्कताको छ ।

त्यसकै आधारमा सतर्कताले अवैध नियुक्ति लिएको देखिएको भन्दै मनोनयन खारेज गर्न केन्द्रको निर्देशन पछि उनी राजीनामा दिएर बाहिरिएका हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

श्रेणीविहीन कर्मचारीको स्थायी पदपूर्ति गर्न माग

प्रज्ञा भवनबाटै पक्राउ परे रेशम चौधरी,पार्टी एकता स्थगित

सार्वजनिक खरिद नियमावली १४ औं पटक संशोधन, घट्लान त कालोसूचीमा पर्ने कम्पनी ?

तत्कालीन वार्डेनद्धारा २७ लाख गोलमाल,उजुरी पुग्यो अख्तियार

सेनामा कल्याणकारीको पैसा सोत्तर

वीरकी नर्सिङ प्रमुख श्रेष्ठबिरुद्ध अख्तियारदेखि विभिन्न निकायमा उजुरी

३० हजार घुस लिएको अभियोगमा प्रहरीका सईविरुद्ध भ्रष्टाचार मुद्दा

भन्सारको लिलामीमा पौडेल समूहको रजगज

बिशेष