सरकारी अस्पतालको आँखा छलेर अन्यत्र काम गर्ने स्वास्थ्यकर्मी निगरानीमा 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालयमा समयमै हाजिर नहुने र सरकारी संस्थामा बिदा लिएर निजी तथा गैरसरकारी संस्थामा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कारबाही गर्ने भएको छ । 

बिज्ञापन

स्वास्थ्य मन्त्रालय मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीले लापरवाही गर्न थालेको, समयमै कार्यालयमा उपस्थित नहुने तथा नीजि क्लिनिकहरु चलाउने गरेको भन्ने गुनासो बढ्न थालेको भन्दै अनुगमन गरि कारबाही प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए । 

बिज्ञापन

सरकारी कार्यालय र स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीमध्ये पाँचदेखि सात प्रतिशत कर्मचारी समयमा उपस्थित नहुने, नीजि क्लिनिकमा काम गर्ने गरेको पाइएको भन्दै उनले संघीय अस्पतालबाट ड्युटी रोस्टर मगाएर कारबाही प्रक्रिया अगाडि बढाउने बताए । 

उनले भने, ‘सबै पनि होइन पाँच, सात प्रतिशत कर्मचारीले यस्तो लापरवाही गर्ने गरेको पाइएको छ । हामीले संघीय अस्पतालबाट ड्युटी रोस्टर मगाएका छौं । त्यसलाई हेरेर कारवाही गर्छौं ।’

बिज्ञापन

यस्ता स्वास्थ्यकर्मीलाई कस्तो कारबाही गर्नुहुन्छ भन्ने नेपाल न्युूज बैंकको प्रश्नमा उनले भने, ‘स्वास्थ्य सेवा ऐन, २०५३ र नियमावली, २०५५ मा सबै सरकारी कर्मचारीको समय नेपाल सरकारको अधिनमा हुने र बिदा अधिकारको कुरा नभएर सहुलियत मात्रै भएको स्पष्ट कानुनी व्यवस्था रहेको छ । सोहि ऐन र निवमावलीमा टेकेर कारबाही गर्छौं, छुट्टै कानूनको आवश्यक्ता नै पर्दैन ।’

सरकारी चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीले त्यस्तो कार्य गरेकोमा उनीहरुलाई सचेत गराउनेदेखि बरखास्त गर्नेसम्मका कारबाही हुने बुढाथोकीको भनाइ छ । 

देशकै जेठो अस्पताल बीर अस्पतालमा बहिरंग विभागको सेवा सुरु भएदेखि सेवा अवधिभर वरिष्ठ डाक्टरले रेखदेख गर्नुपर्ने गरी प्रवन्ध गरिएको मन्त्रालयको उच्च सूत्रले बताएको छ । बीरकै कतिपय डाक्टरहरु नीजि क्लिनिक र अस्पतालहरुमा अतिरिक्त काम गरिरहेको सूचना पाएपछि त्यस्ता डाक्टरहरुको विवरण मन्त्रालयले संकलन गरिसकेको र उनीहरुलाई कार्यस्थलबाटै नियन्त्रणमा लिनेगरी निगरानी समेत गरिएको सूत्रले जानकारी दिएको छ ।

मन्त्रालयका उच्च अधिकारीले सरकारी र नीजि अस्पतालमा प्रत्यक्ष र परोक्ष तरिकाले अनुगमन गर्ने संयन्त्र परिचालन गरिएको बताए ।

बीर अस्पतालमा अहिले बहिरंग विभागको सेवा बिहान ८ बजे सुरु भएर १२ ३० सम्म सञ्चालन हुन्छ भने त्यसपछि अपरान्ह १ बजेदेखि ४ बजेसम्म सेवा खुला रहने प्रवन्ध गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

खाँडादेवी गाउँपालिकाका प्राविधिकहरूद्वारा सामूहिक राजीनामा

को बन्लान ३० औं मुख्य सचिव,यी हुन १० प्रवल दाबेदार

मन्त्रालयको सहजीकरण टोली असफल,२८ स्थानीय तहले ल्याउन सकेनन समयमा बजेट

बालेन सरकारले अब १५ दिनमै ६५ प्रतिशत पूँजीगत खर्च गर्नुपर्ने

आठ विश्वविद्यालयले पाउँदैछन् नयाँ नेतृत्व

अनुभवी सचिवको खोजीमा मन्त्री

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

बिशेष