सुन तस्करी जाँचबुझ प्रतिवेदन: उपसचिव अधिकारीलाई कारबाही गर्नु नपर्ने राय

सुन तस्करी जाँचबुझ आयोगले विभागीय कारबाही गर्न सिफारिस गरेपनि गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीलाई विभागीय कारबाही गर्नु नपर्ने निष्कर्ष निकालिएको छ ।

बिज्ञापन

गृह मन्त्रालयका सहसचिव भरतमणी रिजाल नेतृत्वको समितिले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरेर उनलाई कारबाही गर्नु नपर्ने राय दिएको हो ।

बिज्ञापन

अधिकारीको हकमा आयोगले नोटिसमा मात्र राख्नु भनेको र थप कुनै प्रमाण नभेटिएपछि प्रतिवेदनले थप कारबाहीको सिफारिस गरेको छैन ।

लमजुङका सिडिओ रहेका उपसचिव अधिकारी यसअघि गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामै कार्यरत थिए । त्यसवेला सुन तस्करीमा संलग्न व्यक्तिहरूसँग उनको दोहोरो संवाद देखिएको स्रोत बताउँछ ।अभियुक्तहरूसँग दोहोरो संवाद देखिएपछि उनलाई हटाइएको थियो ।

बिज्ञापन

सुन तस्करी प्रकरणमा प्रस्ट प्रमाण नभएका, तर शंकास्पद देखिएका केही व्यक्तिलाई निगरानीमा राख्न आयोगले सिफारिस गरेकोमा त्यस्ता व्यक्तिहरूलाई जिम्मेवारीमुक्तसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शासकलाई हाइसञ्चो,प्रशासकलाई दोव्वर जरिवाना

विशेष समितिसँग खतिवडाको बयान : ‘कर्मचारीले षडयन्त्र र विश्वासघात गरे’

सार्वजनिक विदामा समेत सम्पत्ति विवरण बुझाउन सकिने : राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था

नयाँ आर्थिक बर्षदेखि कर्मचारी सञ्चयकोषको नयाँ व्याजदर

भुमिकामा साहित्यकार अनामणि

काँग्रेस- एमालेका कर्मचारी नेता भ्रष्टचारी ठहर,माओवादीको निलम्वित

हाँसोको पुनर्जन्म

मानव तस्करीदेखि घुसको डिलसम्म :विवादै विवादमा ओली क्याविनेटका १० मन्त्री

बिशेष