जसपा फुटेपछि अलमलिए माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता माधव नेपालले संसदीय दलको बैठक बोलाएका छन् । सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने गरी बोलाएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

बिज्ञापन

पाण्डेका अनुसार संसद्को वर्षे अधिवेशनमा पार्टीका सांसदले खेल्ने भूमिकाका बारेमा छलफल हुनेछ । संसद्को वर्षे अधिवेशन वैशाख २८ गतेबाट सुरु हुँदैछ । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टीसमेत विभाजन हुने चर्चा चलेको छ । तर एकीकृत समाजवादी विभाजन गर्न कुनै शक्तिले नसक्ने नेताहरूको दाबी छ ।

बिज्ञापन

उपेन्द्र यादव सत्ता गठबन्धन परिवर्तन गर्न लागेको भन्दै अशोक राईसहित सात सांसदले जसपा विभाजित गरेकाले एकीकृत समाजवादी समेत फुट्न सक्ने आशंका गरिएको थियो । किनकि यो सत्ता समीकरणको आयुबारे यो दलका अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक रुपमै चर्को टिप्पणी गर्दै आएका थिए ।

किनभने विभाजन हुनुअघिको जसपा र एकीकृत समाजवादीको निर्णयले नेकपा एमाले नेतृत्वको वर्तमान सत्ता समीकरण अल्पमतमा पर्न सक्थ्यो । तर अल्पमतको खतरा टार्न सत्ताकै सहयोगमा सत्तारुढ दल नै फुटाइएको ब्रिफिङ सांसदहरुसँग अध्यक्ष नेपालले गरेका छन् । ‘जसपा विभाजनको मुख्य डिजाइनर केपी ओली हुन्, त्यसमा प्रचण्डले साथ दिनुभयो’, नेपालले भनेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष