प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।
बिज्ञापन
नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको हुन्। आइतबार चेम्बर प्रतिनिधिमण्डलले सिंहदरवारमा प्रधानमन्त्री दाहालसँग भेट गर्दै देशको अर्थतन्त्रको वर्तमान अवस्थाबारे ध्यानाकर्षण गराएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो साढे २ बजेदेखि भएको भेटवार्तामा चेम्बरका अध्यक्ष कमलेश अग्रवाल, निर्वतमान अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष एवं चेम्बर सल्लाहकार परिषद्का अध्यक्ष राजेशकाजी श्रेष्ठ, पूर्वअध्यक्षहरु महेश अग्रवाल र सुरेन्द्रवीर मालाकार एवं पदाधिकारीहरु थिए ।
अर्थतन्त्रमा हाल देखिएको शिथिलताले निजी क्षेत्रको सम्पत्ति ५० प्रतिशतसम्म ऋणात्मक भएको चेम्बरको ठहर छ । आयकर ऐन २०५८ का अधिकांश प्रावधान स्पष्ट नहुँदा अन्तःशुल्क, भन्सार आदिमा पछिल्लो समय भूतप्रभावी दायित्व देखापरेको भन्दै अन्त्य गर्न चेम्बरले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
बिज्ञापन
घरजग्गा खरिद बिक्रीका क्रममा विगतको सम्पत्तिको स्रोतलाई मान्यता नदिएर चालू नाफाको स्रोतलाई नै मान्यता दिने मालपोत कार्यालयबाट अपनाइएको प्रक्रियाले घरजग्गा कारोबारमा शिथिलता आएको चेम्बरको ठहर छ ।



































