प्रभुका कार्यकर्ता भन्सार विभागमा

प्रभु शाहका कार्यकर्ताले भन्सार विभाग घेरेका छन् । आम जनता पार्टी (आजपा) को भ्रातृ संगठन आम सम्पर्क मञ्चले आजदेखि चौथो चरणको आन्दोलन थालिएको हो।

बिज्ञापन

भन्सार नियन्त्रणको नाममा मधेशका जनताको निजी सम्पत्ति लुट्ने काम बन्द गर्नुपर्ने माग गर्दै आन्दोलन थालिएको छ । तेस्रो चरणको आन्दोलन गर्दासमेत सरकारले वास्ता नगरेकाले चौथो चरणको आन्दोलन शुरु गरिएको मञ्चले जनाएको छ । यसपटक पनि सरोकारवाला निकाय माग सम्बोधनमा गम्भीर नभएमा थप आन्दोलन चर्काइने मञ्चको चेतावनी छ ।

बिज्ञापन

त्यसक्रममा आन्दोलनकारीहरुले भन्सार कानुनमा रहेको ४५ प्रतिशत ‘कथित पुरस्कारको लुटकारी’ प्रावधान हटाउनुपर्ने माग राखेका छन् ।

आजपाले गत ३१ भदौमा भन्सार विभागका महानिर्देशक मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएर शुरू गरेको संघर्षको पहिलो चरण अंतर्रगत गत ३ असोजमा पत्रकार सम्मेलन, १८ असोजमा नियमावलीको गलत प्रवाधान जलाइएको, १९ असोजमा तराई – मधेशका जिल्लाहरूको भन्सार कार्यालय घेराउ र असोज २१–२६ गतेसम्म भन्सार विभागमा धर्ना कार्यक्रम गरेको थियो । तर सरकारले आफ्नो मागको कूनै सुनवाई नगरेपछि बाध्य भएर पुनः थप संघर्षको कार्यक्रम अगाडि बढाउनु परेको आजपा केन्द्रीय सदस्य सापकोटाले बताए ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

बिशेष