एक दर्जन न्यायाधीशको सरुवा

उच्च र विभिन्न जिल्लाका एक दर्जन न्यायाधीशको सरुवा भएको छ । न्याय परिषद्को आज बसेको बैठकले उच्च अदालतका तीन र विभिन्न जिल्ला अदालतका नौ गरी १२ जना न्यायाधीशको काज सरुवा गरेको बताइएको छ ।

बिज्ञापन

प्राप्त विवरणअनुसार उच्च अदालतका न्यायाधीशहरुमध्ये रामेश्वर रेग्मी सुर्खेतबाट पाटन सरुवा भएका छन् । त्यस्तै, काजीबहादुर राई सुर्खेतबाट विराटनगर र विष्णुप्रसाद अर्याललाई तुलसीपुर, बुटवल इजलासबाट तुलसीपुर पुर्याइएको छ ।

बिज्ञापन

जिल्ला अदालतका न्यायाधीशहरुमध्ये ऋषिराम आचार्य कास्कीबाट ललितपुर सरुवा भएका छन् । हरिप्रसाद कोइराला सुनसरीबाट कास्की, अवनी मैनाली भट्टराई कास्कीबाट मकवानपुर र प्रमेश पोखरेललाई तेह्रथुमबाट पर्सा लगिएको छ ।

तेजबहादुर खड्कालाई रौतहटबाट झापा र भीमबहादुर निरौलालाई झापाबाट तेह्रथुम पठाइएको छ । त्यसैगरी, दयाराम ढकाल डडेलधुराबाट चितवन, बाबुराम सुवेदी नवलपुरबाट मोरङ र कुलप्रसाद पाण्डे दाङबाट नवलपुर सरुवामा परेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्वमन्त्रीको घुसकाण्डको छानबिन गर्न सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन

एमसीसी खारेज गर्नुपर्छ संसद साम्पाङ

‘रास्वपाको जादुमयी विजयमा नेपाली सेना,बारबार फाउण्डेसन र सुशीला सरकारको ठूलो योगदान’

राजनीतिक नियुक्ति लिएका व्यक्तिहरुलाई राजीनामा दिन सभापति लामिछानेको आग्रह

दीपक भट्ट प्रहरी नियन्त्रणमा

प्रतिनिधि सभाको पहिलो बैठकमै अवरोध

३ करोड जनसंख्या,६ करोड २० लाख खाता,निस्क्रिय खातामै १ खर्ब ८८ अर्ब रकम

प्रतिनिधि सभामा रास्वपालाई दुई तिहाई,राष्ट्रिय सभा सत्तापक्षविहीन

बिशेष