प्रधानमन्त्रीको कार्यक्रममा पत्रकारमाथि दुव्र्यवहार, चौतर्फी विरोध

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सहभागी एक कार्यक्रममा पत्रकार शहदेव चौधरीमाथि सुरक्षाकर्मीबाट भएको दुव्र्यवहारको घटनाप्रति चौतर्फी विरोध भएको छ । पत्रकार सम्बद्ध संघ संस्थाले चौधरीमाथि भएको घटनाको विरोध गरेका हुन् ।

बिज्ञापन

सूचना तथा सञ्चार प्रविधि दिवशको अवसरमा बिहीबार राष्ट्रिय सभागृहमा प्रधानमन्त्री दाहाल सहभागी कार्यक्रममा तस्वीर लिने क्रममा आफूमाथि सुरक्षाकर्मीले दुव्र्यवहार गरेको पत्रकार चौधरीले बताएका थिए । तस्वीर लिने क्रममा आफूमाथि सुरक्षाकर्मीले दुव्र्यवहार,गरेको पत्रकार चौधरीले बताए । प्रेस युनियनका केन्द्रीय सचिव समेत रहेका चौधरीमाथि भएको दुव्र्यवहारप्रति प्रेस युनियन केन्द्रिय समितिले बिहीबार नै एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ ।

बिज्ञापन

सरकारी सञ्चार माध्यमबाहेक निजी सञ्चार संस्थाका पत्रकारलाई तस्वीर लिन अवरोध गर्ने, पत्रकारलाई दुर्व्यवहार गर्ने र थुन्ने धम्की दिने कार्य निन्दनीय भएको युनियनका महासचिव दिलिप पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन् । युनियनले उक्त घटनाको छानबिन गरी दोषी सुरक्षाकर्मीलाई कारबाही गर्न माग गरेको छ ।

त्यस्तै टेक जोर्नोज फोरमले पनि घटनाको विरोध जनाएको छ । श्रमजीवि पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले एक विज्ञप्ति जारी गर्दै दुव्र्यवहारको छानबिन गर्न र दोषीउपर कारबाही गर्न माग गरेका छन् । ‘भीआईपी प्रोटोकल’लाई समेत ध्यानमा राखेर तस्बीर लिँदै गर्दा प्रधानमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मीले तस्वीर खिच्न रोक्दै कार्यक्रम स्थलबाट निकालेर थुन्ने समेतको धम्की दिएको चौधरीको भनाइछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष