जलहरी प्रकरणमा १ करोड १७ लाख भ्रष्टाचार मुद्धा :- अदालतबाट तीनै जनालाई सफाइ

पशुपतिनाथको मन्दिरमा राखिएको जलहरीमा भ्रष्टाचार प्रकरणमा मुद्धा खेपिरहेका तिनै जनालाई विशेष अदालतले सफाइ दिएको छ ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १४ गते पशुपतिनाथको मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको ठहर गर्दै पशुपति क्षेत्र विकास कोष सञ्चालक समितिका पूर्व सदस्य सचिव डा. प्रदीप ढकाल, पूर्व कोषाध्यक्ष एवं निवर्तमान सदस्य सचिव डा मिलनकुमार थापा र स्टोरकीपर अरुणकुमार श्रेष्ठ विरुद्ध मुद्दा दर्ता गरेको थियो । जलहरी राख्दा उनीहरूले भ्रष्टाचार गरेको पाइएकाले विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएकोमा सात महिनापछि उक्त प्रकरणमा तिनै जनालाई विशेष अदालतले सफाइ दिएको थियो ।

बिज्ञापन

अख्तियारले पशुपतिमा सुनको जलहरी राख्दा जलहरीमा एक हजार ४ सय ९१ ग्राम ७१८ मिलिग्राम सुन भ्रष्टाचार भएको दाबी अख्तियारले गरेको थियो। अख्तियारले ढकाल, थापा मिलेर एक करोड १७ लाख एक हजार ७८१ रुपैयाँ ८५ पैसा बराबरको सुन हिनामिना गरेको ठहर गर्दै दुवै जनाबाट सोही बराबर बिगो माग दाबी गरेको थियो । यस्तै यो प्रकरणमा स्टोरकीपर श्रेष्ठ पनि संलग्न रहेको भन्दै उनीविरुद्ध सोही बराबरको बिगो माग दाबी गरिएकोमा विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले तिनै प्रतिवादीहरुलाई सफाइ दिएको हो।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कार्यसम्पादनमा खरो उत्रन नसकेका मन्त्रीहरु रेडजोनमा

राहदानी विभागको महानिर्देशकमा विक

अख्तियारले फेला नपारेका माओवादी सत्ताका तरमारा सहसचिव राना एक वर्षदेखि लापत्ता, प्रधानमन्त्री सचिवालयको संरक्षण

उल्टाइदैं गौरीबहादुर कार्की आयोगको सिफारिस

सरकारी कार्यालयलाई चाहिने सफ्टवेयर आफैँ बनाउने तयारी,खुल्दैछ छुट्टै कार्यालय

सचिवको सचिवालय घटाइने,सहसचिवको कटौती हुने,सल्लाहकार र स्वकीय भने बढाइदैं

विज्ञान प्रविधि मन्त्रीको सल्लाहकारमा थापा

खाँडादेवी गाउँपालिकाका प्राविधिकहरूद्वारा सामूहिक राजीनामा

बिशेष