संसद् बैठकमा उपस्थित भएर नीति निर्माणमा सहभागी हुनु र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनु सांसदको जिम्मेवारी नै हो । तर, रसुवावासीले निर्वाचनबाट जिताएर संघीय संसद बनाएर पठाएका इ. मोहन आचार्य विना सूचना पाँच बैठकमा बैठकमा अनुपस्थित रहेको विवरण संघीय संसद सचिवालयले दिएको छ ।
बिज्ञापन
गत माघमा शुरु भएर वैशाखमा हठात अन्त्य भएको हिँउदे अधिवेशनमा रसुवाका ठेकेदार सांसद ५ दिन गयल भएको भेटिएको छ । विधान अधिवेशनको रुपमा लिइने संसद्को हिउँदे अधिवेशनमा २३ दिन बैठक बसेका थिए । माघ महिनामा २, फागुनमा ८, चैतमा १२ र वैशाखमा १ दिन गरी २३ दिन बैठक चलेका थिए ।
बिज्ञापन
जसमध्ये रसुवाका एक मात्र प्रतिनिधि सभाका ठेकेदार सांसद मोहन आचार्य १८ दिन उपस्थित रहेको संसद सचिवालयको हाजिरी रेकर्डमा देखिएको छ ।
उक्त रेकर्ड अनुसार माघमा २,फागुनमा ७,चैत्रमा ८ र वैशाखमा १ वटा बैठकमा आचार्य उपस्थित भएका हुन ।
फागुनको १,चैत्रमा ४ बैठकमा आचार्य गयल भएका हुन ।
बिज्ञापन
यस अघि संसदको पहिलो अधिवेशनमा आचार्य ८ दिन गयल भएको संघीय संसद सचिवालयले रेकर्ड उपलव्ध गराएको छ । प्रतिनिधि सभाको पहिलो अधिवेशन पुसमा दुई, माघमा आठ, फागुनमा चार, चैतमा नौ र वैशाखमा ६ गरी २९ दिन बैठक चलेको थियो सोमध्ये ८ दिन उनी गयल भएका हुन । सो अधिवेशनमा आचार्य ७२ प्रतिशत उपस्थित र २८ प्रतिशत गयल भएका हुन ।
प्रतिनिधिसभा नियमावलीले एक दिन पनि अनुपस्थित रहँदा पूर्वसूचना दिनुपर्ने व्यवस्था गरेको छ । तर आचार्य सूचना नै नदिइ आठ दिन गयल भएका थिए ।