हिँउदे अधिवेशनको २३ बैठक :- ठेकेदार सांसद ५ बैठकमा गयल

संसद् बैठकमा उपस्थित भएर नीति निर्माणमा सहभागी हुनु र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनु सांसदको जिम्मेवारी नै हो । तर, रसुवावासीले निर्वाचनबाट जिताएर संघीय संसद बनाएर पठाएका इ. मोहन आचार्य विना सूचना पाँच बैठकमा बैठकमा अनुपस्थित रहेको विवरण संघीय संसद सचिवालयले दिएको छ ।

बिज्ञापन

गत माघमा शुरु भएर वैशाखमा हठात अन्त्य भएको हिँउदे अधिवेशनमा रसुवाका ठेकेदार सांसद ५ दिन गयल भएको भेटिएको छ । विधान अधिवेशनको रुपमा लिइने संसद्को हिउँदे अधिवेशनमा २३ दिन बैठक बसेका थिए । माघ महिनामा २, फागुनमा ८, चैतमा १२ र वैशाखमा १ दिन गरी २३ दिन बैठक चलेका थिए ।

बिज्ञापन

जसमध्ये रसुवाका एक मात्र प्रतिनिधि सभाका ठेकेदार सांसद मोहन आचार्य १८ दिन उपस्थित रहेको संसद सचिवालयको हाजिरी रेकर्डमा देखिएको छ ।
उक्त रेकर्ड अनुसार माघमा २,फागुनमा ७,चैत्रमा ८ र वैशाखमा १ वटा बैठकमा आचार्य उपस्थित भएका हुन ।

फागुनको १,चैत्रमा ४ बैठकमा आचार्य गयल भएका हुन ।

बिज्ञापन

यस अघि संसदको पहिलो अधिवेशनमा आचार्य ८ दिन गयल भएको संघीय संसद सचिवालयले रेकर्ड उपलव्ध गराएको छ । प्रतिनिधि सभाको पहिलो अधिवेशन पुसमा दुई, माघमा आठ, फागुनमा चार, चैतमा नौ र वैशाखमा ६ गरी २९ दिन बैठक चलेको थियो सोमध्ये ८ दिन उनी गयल भएका हुन । सो अधिवेशनमा आचार्य ७२ प्रतिशत उपस्थित र २८ प्रतिशत गयल भएका हुन ।

प्रतिनिधिसभा नियमावलीले एक दिन पनि अनुपस्थित रहँदा पूर्वसूचना दिनुपर्ने व्यवस्था गरेको छ । तर आचार्य सूचना नै नदिइ आठ दिन गयल भएका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नदी करिडोर र सार्वजनिक जग्गामा बनेका संरचना १५ दिनभित्र हटाउन टोखा नगरपालिकाको निर्देशन

राजस्व अनुसन्धान विभाग खारेज भएपछि सीमामा तस्करी बढ्यो : फ्लाइङ स्क्वाड प्रभावहीन

अब निजामती किताबखानाको सम्पूर्ण सेवाहरु अनलाइनबाटै

राजस्व अनुसन्धानको ठूलो एक्सन : पौडेल दम्पतीविरुद्ध करिब ६९ करोडको मुद्दा

उपसचिवविरुद्ध दोश्रो भ्रष्टाचार मुद्धा दायर,अधिकृत,नासुसहित ८ प्रतिवादी

नगरपालिका खटाइए पछि प्रदेशका उपसचिवले दिए राजीनामा

आईजीपी राजु अर्यालको चार वर्ष : नीतिगत सुधारदेखि सीमा सुरक्षासम्मको व्यापक परिवर्तन

अर्थ मन्त्रालय र महालेखाका कर्मचारीको खातामा १५ दिनको तलब

बिशेष