संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ उपसचिवको पदस्थापन गर्दै छ । शाखा अधिकृतबाट बढुवा भएका उपसचिवको पदस्थापन सूची मन्त्रालयले तयार गरिरहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
ती उपसचिवहरुमध्ये अधिकांशलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर नगरपालिकामा खटाउन लागिएको सामान्य प्रशासनले जनाएको छ ।