निकुञ्ज कार्यालय तोडफोड र कर्मचारीमाथि हातपात प्रति प्रगतिशील वन प्राविधिक सङ्घको ध्यानाकर्षण

लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयमा भएको तोडफोड, निकुञ्जका कर्मचारी माथि भएको हातपात, दुर्व्यवहार र अपमानजनक अभिव्यक्तिप्रति प्रगतिशील वन प्राविधिक सङ्घले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

बिज्ञापन

वैशाख १४ गते दिउँसो नेपाली कांग्रेश नेता एवं तरुणदल रसुवाको सभापतिको नेतृत्वमा उक्त घटना भएको भन्दै सो घटनाको संघले निन्दा एवं भत्सना गरेको हो ।

बिज्ञापन

२९औं वन्यजन्तु सप्ताह तथा १२औं रेडपाण्डा ट्रफी कार्यक्रम लाङटाङ राष्ट्रिय निकुञ्ज, गोसाईकुण्ड गाउँपालिका र स्थानीय संघ–संस्थाहरु निर्णय अनुसार रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा २०८१ वैशाख १ देखि ७ सम्म मनाएको थियो । उक्त वन्यजन्तु सप्ताह तथा रेडपाण्डा ट्रफी कार्यक्रम नेपाली कांग्रेश निकटको गैह्र सरकारी संस्था मार्फत गर्नुपर्ने भन्दै रसुवा कांग्रेशका नेताहरूले निकुञ्ज प्रशासनलाई दवाव दिएको र गैसस मार्फत गर्न नपाएकोमा रसुवाकै कालिकास्थानमा सोहि नामवाट किर्ते कार्यक्रम आयोजना गरी सरकारी छापको समेत दुरुपयोग गरेको संघको विज्ञप्तिमा उल्लेख छ ।

काँग्रेस निकट नेपाल विद्यार्थी संघका नेताले कर्मचारीलाई २४ घण्टाभित्र जिल्ला छाड्न धम्की दिएका छन् । अपरिचित नम्बरबाट फोन गरेर उनलाई २४ घण्टाभित्र जिल्ला छाड्न धम्की दिएको ती कर्मचारीले कर्मचारी प्रेससँग बताएका छन् ।

बिज्ञापन

रसुवास्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा वरिष्ठ संरक्षण अधिकृत अणनाथ बराललाई २४ घण्टाभित्र जिल्ला छोड्न धम्की दिइएको उनले बताएका छन् । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अणनाथ बरालले भने ‘मलाई अपरिचित नम्बरबाट फोन आयो र धम्की दिँदै भने २४ घण्टाभित्र जिल्ला छोड नत्र राम्रो हुँदैन…!’

आजै बिहान रसुवा सदरमुकाम धुञ्चेमा रहेको लारानीको कार्यालयमा काँग्रेसका क्षेत्रीय सभापति,जनप्रतिनिधि,नेविसंघका नेता कार्यकर्ता,तरुण दलका कार्यकर्ता पुगेर त्यहाँ तोडफोड गरेका थिए । आज बिहान कार्यालयमा प्रवेश गरेका काँग्रेस निकटका भातृ संगठनको टोलीले त्यहाँ तोडफोड गरेको जनाइएको छ । करिब ६०/ ७० जनाको समूहमा रहेको टोलीले त्यहाँ प्रवेश गरेर तोडफोड गरेको जनाइएको छ । उक्त टोलीले गरेको तोडफोडका कारण एउटा कुर्सी भाँचिएको छ भने थर्मस फुटेको जनाइएकोछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पृथ्वी राजमार्ग खुलेसँगै बेनीघाटमा सवारीसाधनको चाप

रसुवामा विदेशी पर्यटक अलपत्र, प्रशासनले सतर्कता अपनाउन अनुरोध

हिन्दु धर्म र दशै टिका अक्षता, जमरा र आशिर्वाद

धुलिखेलमा पहिरोपीडितको घरबाट सामान सुरक्षित स्थानमा सारियो

काठमाडौंका प्रमुख राजमार्गहरू एकतर्फी सञ्चालनमा

बिपी राजमार्ग सुचारु हुन ढिलाइ, वैकल्पिक सडक पनि जोखिममा

आइतबार र सोमबार बिदा दिने सरकारको निर्णय

राष्ट्रका लागि लड्ने क्याप्टेन, जीवनका लागि एक्लै योद्धा

बिशेष