हाकिमको ज्यादति विरुद्ध कांग्रेस

लाङटाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वार्डेन अणानाथ बरालले पदीय मर्यादा विपरित चरम ज्यादाती र लापरवाही गरेकोले भन्दै ७ दिन भित्र जिल्ला छोडन् नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवाले माग गरेको छ।

बिज्ञापन

उनीहरूले हिजो शुक्रबार जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी बेदनीधि खनाल समक्ष ज्ञापनपत्र हस्तान्तरण गर्दै सात दिनभित्र जिल्ला छोड्न र विभागिय कारबाही अगाडि बढाउन माग गरेको हो। जिल्लाबाट यथासिघ्र नहटाएमा अगामीदिनमा नेपाली काँग्रेस रसुवाले सशक्त अन्दोलन गर्ने उक्त ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

बिज्ञापन

उनीहरूले ११ बुँदे माग गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएका हुन्। रसुवाली जनताको एक महत्वपूर्ण खानेपानी आयोजना रहेका नौकुण्ड बृहत खानेपानी योजनाको ई आई ए प्रकृया सहजीकरण गर्नु भन्दा उल्टै रोक्ने कार्य गरको, मध्यवर्ति क्षेत्रहरुमा संघ प्रदेश गाउँपालिका र मध्य उपभोक्ता समितिसित विकासका निर्माणका योजनाहरुलाई सरोकारवालाहरुसँग समन्वय गरी आफूखुशी रोक्ने रोकाउने काम गरेको, कर्मचारी वर्गमा अनावश्यक मानसिक तनाव दिई र्दुव्यवहार गरी कार्यरत हल्का सवारी चालक स्थानियको जागिरबाट बर्खास्त गरेको, मध्यवर्ति क्षेत्र व्यवस्थापन समिति, ल्याकोस र जनप्रतिनिधिहरुवाट संचालित जिल्ला स्तरिय वन्यजन्तु सम्ताह तथा बाह्रौं रेडपाण्डा ट्रफी कार्यक्रम मनाउदै आईरहेको वैधानिक संस्थाहरुलाई अवैधानिक भनि नियम विपरित पत्र सार्वजानिक गरेको र मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष र लारानि प्रमुखको संयुक्त दस्तखतबाट संचालित वन्यजन्तु संरक्षण कोषको अक्षय कोषको खाता व्यवस्थापन समितिका अध्यक्षलाई नै कुनै जानकारी विना आफुखुशी नियम विपरित खातावाल परिवर्तन गरि वन्यजन्तु संरक्षणको लागि राखिएको अक्षयकोषको रकम नियम विपरित अपचलन गर्ने मनशाय राखेको उनीमाथि आरोप रहेको छ ।

त्यस्तै लारानि क्षेत्र भित्र संचालित होटल व्यवसायीहरुलाई अनावश्यक दुख दिई नियमानुसार होटल व्यवसायीहरुको म्याद थप गर्नु पर्नेमा उल्टै जरीवाना लगाउछु भनि डर धम्की दिने, रसुवामा रहेको समग्र सरकारी तथा गैर सरकारी कार्यलायहरुबाट रसुवाली जनतामा दिने सेवा सुविधामा विभेदकारी कार्य गर्ने गरेको उक्तपत्रमा उल्लेख गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

अवकाशको मुखमा अपमान

रास्वपा केन्द्रीय सदस्यमा पूर्व डीआईजी खड्काको उम्मेदवारी, ‘अनुभव र क्षमतालाई राष्ट्रहितमा समर्पित गर्छु’

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

बिशेष