गृहमन्त्री लामिछानेले गरे एक डीआइजीसहित ६ एसएसपीको सरुवा

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले एक डीआइजी र ६ जना एसएसपीको सरुवा गरेका छन् । गृह मन्त्रालयले गण्डकी प्रदेश प्रहरीको प्रमुखमा डीआइजी दुर्गा सिंह चन्दको सरुवा गरेको छ ।
यस्तै, काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी दिएका छन् ।

बिज्ञापन

उपत्यका अपराध कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ भने परिषद्मा रहेका सानुराम भट्टराई, राठोरको स्थानमा आएका छन् ।

बिज्ञापन

प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभिनारायण काफ्लेलाई कोशी प्रदेश तालिम केन्द्रमा पठाइएको छ । कोशीमा रहेका एसएसपी राजन अधिकारीलाई हेडक्वार्टरको तालिम निर्देशनालयमा ल्याइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संघीय सेवामै छन् ४५ हजार बढी दलका कार्यकर्ता कर्मचारी

घुस खाने महिला कर्मचारीको यस्तो छ रेकर्ड

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप बढ्यो, नयाँ भवन निर्माण प्रक्रिया सुरु

दुई एआईजीको जिम्मेवारी हेरफेर

देशभरका १८ राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्ग खुलेसँगै बेनीघाटमा सवारीसाधनको चाप

रसुवामा विदेशी पर्यटक अलपत्र, प्रशासनले सतर्कता अपनाउन अनुरोध

हिन्दु धर्म र दशै टिका अक्षता, जमरा र आशिर्वाद

बिशेष