प्रशासन सेवाका १८,प्राविधिक ९ सहित २८ सहसचिवको सरुवा

सरकारले लामो रस्साकस्सी पछि २८ सहसचिवको सरुवा टुंग्याएको छ । हिजो बसेको क्याविनेट बैठकले २८ सहसचिवको सरुवा गरेको हो । सरुवाका सूची अनुसार प्रशासन सेवाका १८,शिक्षा सेवाका १ र बाँकी ९ प्राविधिक सेवाका सहसचिवहरु रहेका छन् ।

बिज्ञापन

सरुवाको सूची अनुसार सामान्य प्रशासनको अतिरिक्त समूहमा रहेका देवराज जोशी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेका छन् । यस्तै उद्योगमा इन्ट्री हुने अन्य सहसचिवहरुमा रक्षा मन्त्रालयबाट वावुराम अधिकारी,वन तथा वातावरण मन्त्रालयका प्राविधिक सहसचिव तार दत्त भट्ट,अर्थबाट लक्ष्मी प्रसाद निरौला रहेका छन् । गजेन्द्र ठाकुर उद्योगबाट बाहिरिएर सञ्चार मन्त्रालयमा प्रवेश पाएका छन् । उद्योगबाट बाहिरिएर लीला प्रसाद शर्मा रक्षामा पुगेका छन् भने लामो समयदेखि उद्योगमा रहेकी चन्द्रकला पौडेल महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा पुगेकी छिन् ।बाबुराम गौतम उद्योगबाट अर्थमा खटाइएको छ ।

बिज्ञापन

यस्तै,सञ्चार मन्त्रालयमा रहेका सहसचिव नेत्र सुवेदी गृह मन्त्रालयमा पुगेका छन् । यस्तै बाग्मति प्रदेशमा कार्यरत प्रकाश दाहाल सामान्य प्रशासन मन्त्रालयमा अतिरिक्त समूहमा ल्याइएको छ । सरुवाको सूची अनुसार पर्यटन विभागमा कार्यरत चक्र बहादुर बूढा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ ।

यस्तै पालिकाको रैथाने प्रमुख प्रशासकीय अधिकृत ललितपुरबाट भरतपुर महानगरपालिका सरुवा भएका छन् भने ललितपुरमा रेखा दास पुगेकी छिन । यस्तै,सूची अनुसार संगीता ओझालाई सामान्य प्रशासन अतिरिक्त समूहमा राखेर नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा खटाएको छ ।भरतपुर महानगरपालिकामा कार्यरत नरेन्द्रकुमार राना अर्थमा भित्रिएका छन् ।

बिज्ञापन

महिलाबाट रामकृष्ण लामिछाने श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा खटाइएको छ भने त्यहाँ कार्यरत इन्दु घिमिरे संष्कृति,पर्यटन मन्त्रालयतिर पुगेका छन् । यस्तै,सामान्य प्रशासनको अतिरिक्त समूहमा रहेका राजेश गौतम राष्ट्रिय योजना आयोग,कर्णाली प्रदेशबाट रमेश न्यौपानेलाई बाग्मती प्रदेश आन्तरिक मामिलामा,शिक्षा सेवाका रुद्र अधिकारी मधेश प्रदेशबाट युवा तथा खेलकुद मन्त्रालयमा,उर्जाबाट प्रेम कुमार सिंह भौतिकमा,जंकी अहमद अन्सारी खानेपानीबाट मधेश प्रदेश उर्जा मन्त्रालय,विपिन राजभण्डारी भौतिकबाट श्रममा पुगेका छन् । मधेश प्रदेशमा कार्यरत दीपक दास शहरी मन्त्रालयमा ल्याइएको छ । डा प्रवीण श्रेष्ठलाई बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयमा खटाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती सेवा विद्येयकको मस्यौदाप्रति कर्मचारीको आपत्ति,दफा १,२,२८,१२१,१३५ संशोधनको माग

चार सह सचिवको जिम्मेवारी हेरफेर,दुई विभाग रिक्त

सरकारी कार्यक्रमहरू होटल तथा रिसोर्टमा गर्न नपाइने

३० हजार घुससहित खाद्य प्रविधिका प्राविधिक सहायक सन्जय चौधरी पक्राउ

निजामती विधेयकको मस्यौदामा ३ हजार बढी सुझाव,प्रशासन सुधार महाशाखा प्रमुखले गर्दैछन् विश्लेषण

कांग्रेसबाट प्रत्यक्षमा जित्ने एक्ली महिला बासना,अब पार्टी प्रमुख सचेतक

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेल

बिशेष