वाइवाइ चाउचाउ गुणस्तरमा फेल,तुरुन्त बजारबाट उठाउन निर्देशन

चौधरी ग्रुप (सीजी) ले उत्पादन गर्ने वाइवाइ चाउचाउ गुणस्तर परिक्षणमा फेल भएपछि काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।

बिज्ञापन

गुणस्तर परिक्षणमा चाउचाउमा प्रयोग भएको एसिड भ्यालु अधिक रहेको पाइएपछि महानगर अन्तर्गतकाे कृषि तथा पशुपन्छी विभागले उक्त जरिवाना गरेकाे हाे।महानगरको अनुगमन निरीक्षक डा.अवधेश झाका अनुसार चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना तिराउँदै गुणस्तरहीन चाउचाउ सबै फिर्ता गर्न निर्देशनसमेत दिइएको छ । ‘बजारभरी रहेको उक्त लटका सबै चाउचाउ फिर्ता ल्याउन हामीले निर्देशन समेत दिइसकेका छौं । उक्त लटको चाउचाउमा एसिड भ्यालु अस्वाभाविक देखिएकाले यस्तो निर्देशन दिएका हौं,’ डा. झाले भने । चाउचाउ पकाउन प्रयोग गरिने तेल बारम्बार प्रयोग भएर गुणस्तरहीन देखिएको उनले बताए ।

बिज्ञापन

बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरिएको महानगरले जनाएको छ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सात जना सहसचिवहरूको सरुवा

निजामतीमा छन् ४५ हजार बढी दलका कार्यकर्ता कर्मचारी

घुस खाने महिला कर्मचारीको यस्तो छ रेकर्ड

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप बढ्यो, नयाँ भवन निर्माण प्रक्रिया सुरु

दुई एआईजीको जिम्मेवारी हेरफेर

देशभरका १८ राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्ग खुलेसँगै बेनीघाटमा सवारीसाधनको चाप

रसुवामा विदेशी पर्यटक अलपत्र, प्रशासनले सतर्कता अपनाउन अनुरोध

बिशेष