अतिरिक्त हुलाकका कर्मचारीले तीन महिनाभित्रै स्वेच्छिक अवकाश लिइसक्नुपर्ने

सरकारले अतिरिक्त हुलाकका कर्मचारीले तीन महिनाभित्रै स्वेच्छिक अवकाशको बाटो रोज्न भनेको छ । अतिरिक्त हुलाकलाई खारेज गर्दै कर्मचारीलाई स्वेच्छिक अवकाशको बाटो रोज्नका लागि तीन महिनाको समय दिइएको छ ।

बिज्ञापन

राजपत्रमा अतिरिक्त हुलाकका कर्मचारीलाई थप सुविधासहित स्वेच्छिक अवकाशको बाटो रोज्न भनिएको हो । हुलाक सेवा विभागका अनुसार हाल देशभर रहेका ३ हजार ७४ वटा अतिरिक्त हुलाकमा अतिरिक्त हुलाकतर्फ हाल १० हजार ८५८ दरबन्दी कायम छ। त्यसमा तीन हजार ७४ हुलाक प्रतिनिधि, तीन हजार २४ पत्र वितरक र चार हजार ७६० डाँकबाहक छन्।सरकारले नयाँ बजेटमार्फत अतिरिक्त हुलाकलाई खारेज गर्ने घोषणा गरेको थियो । एक स्थानीय तह, एक हुलाकको व्यवस्थित र अतिरिक्त हुलाकलाई खारेज गर्ने घोषणा गरेको थियो । यस अघि नै पूर्वसचिव शंकरप्रसाद अधिकारी अध्यक्षताको एक कार्यदलले अतिरिक्त हुलाक खारेज गर्न सिफारिस गरेको थियो । अतिरिक्त हुलाकलाई खारेज गर्दै कर्मचारीलाई स्वेच्छिक अवकाश दिने सम्बन्धमा हालै राजपत्रमा सूचना नै प्रकाशन गरिएको छ ।निमावलीको नियम १२ (क)मा अतिरिक्त हुलाकका कर्मचारीले सुरु पारिश्रमिक स्केलको आधा महिनाको तलबमा नढ्ने गरी उपचार खर्च पाउने उल्लेख छ । सोही उपचार खर्च र सेवा अवधिलाई आधार बनाएर थप सुविधा तय गरिएको छ ।

बिज्ञापन

अतिरिक्त हुलाक नियमावली संशोधन गर्दै सुविधासहित कर्मचारीलाई स्वेच्छिक अवकाशको बाटो रोज्नका लागि तीन महिनाको समयसीमा दिइएको हो ।

 

बिज्ञापन

हुलाकको काम घट्दै गएको तर राज्यलाई ठूलो रहेको निष्कर्षका आधारमा अतिरिक्त हुलाक खारेज गरिएको जनाइएको छ । यो नियमावली प्रारम्भ भएको तीन महिनाभित्र स्वेच्छिक अवकाश कर्मचारीले लिनुपर्ने र त्यसका लागि  जिल्ला हुलाक कार्यालयमा निवेदन दिनुपर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष