कारागार कार्यालय, तेह्रथुममा योग कार्यक्रम सञ्चालन गरिएको छ । तेह्रथुम कारागारमा रहेका कैदी बन्दीहरुलाई योगाभ्यास र प्रणायामसम्बन्धी कार्यक्रम सम्पन्न भएको हो ।
बिज्ञापन
जिल्ला प्रशासन कार्यालय, तेह्रथुम र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तेह्रथुमको संयुक्त आयोजनामा कारागार कार्यालय तेह्रथुमका कैदीबन्दीलाई योगको महत्त्व (योगको सैद्धान्तिक तथा अवधारणात्मक पक्ष) योगाभ्यास र प्राणायम सम्बन्धी कार्यक्रम सम्पन्न गरिएको हो । कारागारमा कुल ९१ जना कैदीवन्दी रहेका छन् जसमा पुरुष ८५ महिला ५ र बच्चा १ रहेका छन्।
बिज्ञापन
कार्यक्रमको उद्देश्य र आवश्यकता माथि प्रकाश पार्दै कार्यक्रमका अध्यक्ष तेह्रथुम जिल्लाका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले कारागारलाई सुधार गृहको रुपमा लिने विश्वव्यापी मान्यता बमोजिम नेपाल सरकार गृह मन्त्रालयले पनि यसलाई अवलम्बन गर्ने सोच बनाएको सन्दर्भ र विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई सजाय भोगी रहेका कैदीवन्दीहरूलाई आफ्नो गल्तीको महसुस गराई कैद भुक्तान पछी घर फर्कँदा सकारात्मक सोच सहितको एउटा समाज सुधारकको रुपमा विकास गर्न योगाभ्यासले महत्वपूर्ण भुमिका खेल्ने भएकोले यो कार्यक्रम आयोजना गरीएको बताउनु भयो। साथै उहाँले योगले शरीर, मन र आत्मालाई जोड्ने हुँदा एउटा स्वस्थ, असल र संतुलित विकास भएको नागरिक उत्पादन गर्न सहयोग पुर्याउने भएकोले यो कार्यक्रमले कारागारलाई सुधार गृहको रूपमा विकास गर्ने सरकारको नीतिमा सहयोग पुर्याउने बताउनु भयो।
साथै, यो कार्यक्रम कारागारका कैदिबन्दीका अतिरिक्त सुरक्षा निकाय, स्कुल, क्याम्पस लगायतमा विस्तार गर्ने योजना रहेको कुरा समेत प्रमुख जिल्ला अधिकारीले बताउनु भयो।
बिज्ञापन
कार्यक्रमको सञ्चालन तथा प्रशिक्षण आयुर्वेद स्वास्थ्य केन्द्र तेह्रथुमका प्रमुख खगेन्द्र प्रसाद पौडेलले गर्नु भएको हो। प्रशिक्षक पौडेलले योगाभ्यसको कारण विभिन्न नसर्ने रोगहरू निको भएको, थप रोगहरु लाग्नबाट बच्न सकिने, योगाभ्यासले आरोग्य जीवन प्राप्त हुने बताउनु भयो। साथै यसले “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने अभियानलाई सार्थक बनाउने समेत बताउनु भयो।