खानेपानी मुगुका कार्यालय प्रमुखसहित पाँच जना विरुद्ध मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा ऊर्जा विकास कार्यालय मुगुका कार्यालय प्रमुख राजिव रिमालसमेत पाँच जना विरुद्ध गैरकानुनी लाभ हासिल गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

बिज्ञापन

आर्थिक वर्ष २०७८-७९ मा मुगुको सोरु गाउँपालिका–५ को नेर सिँचाइ आयोजनाको पाइपलाइन कार्य एक हजार सात सय मिटर हुनुपर्नेमा आधा मात्रै काम गरी रु पाँच लाख ६१ हजार चार सय ८१ बराबरको रकम बढी भुक्तानी गरेको पाइएको छ ।

बिज्ञापन

आयोगले कार्यालय प्रमुख रिमाल, सवइञ्जिनीयर नरबहादुर लावड, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर शाही विरुद्ध रु पाँच लाख ६१ हजार चार सय ८१ बराबरको बिगो माग दाबी गरेको छ । आरोपीलाई बिगो बमोजिम कारबाहीको माग गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अर्काे मन्त्रीले ३२ लाख घुस लिएको अडियो सार्वजनिक,सचिव समेत मुछिए

एमालेनिकट कर्मचारी संगठनका नेता प्रसाईं घुस प्रकरणमा दोषी ठहर

स्थानीय सेवा ऐन संशोधन गर्न बनेको विधेयक सर्वसहमतले पारित

त्रिवि अध्यागमनको सेटै परिवर्तन गर्ने तयारी, सहसचिवद्धय पछि ४५ अधिकृत हेरफेर गरिँदै

संघीय निजामती विधेयकमा २ साउनसम्म संशोधन प्रस्ताव दर्ता गर्न सकिने

भोलि साउने संक्रान्ति,कर्णाली प्रदेशमा सार्वजनिक बिदा

एमालेका मेयर एक लाख घुससहित रंगेहात पक्राउ

क्याविनेटका २९ निर्णय : नियुक्ति, सरुवा,बढुवादेखि ओएण्ड एम स्वीकृतिसम्म

बिशेष