उद्योग विभागमा उद्योग दर्ता धमाधम, ९ महिनामा २८६ उद्योग दर्ता

चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिनाको अवधिमा २८६ वटा उद्योग दर्ता भएका छन् ।

बिज्ञापन

उद्योग विभागका अनुसार साउन–चैतसम्म सो संख्यामा उद्योग दर्ता भएको तथ्यांकमा देखिएको छ ।चैतमा मात्रै १० अर्ब ५९ करोड रुपैयाँ लगानीका २८ उद्योग दर्ता भएका छन् ।

बिज्ञापन

उद्योग विभागमा दर्ता भएका दुई सय ८६ उद्योगमध्ये ३६ ठूला, २७ मझौला र दुई सय २३ साना उद्योग रहेका छन् । विभागका अनुसार यी उद्योगहरूले २० हजार एक सय ३७ लाई रोजगारी दिने प्रस्ताव गरेका छन् । यो वर्ष उद्योग विभागले स्वदेशी तथा विदेशी लगानीका तीन सय ६५ उद्योग दर्ता हुने अनुमान गरेको छ ।

चैतसम्म विदेशी लगानीका २६९ उद्योग दर्ता भएका छन् । १६ वटा चैतमा दर्ता भएको विभागको तथ्यांक छ । यस अवधिमा ३० अर्ब १० करोड विदेशी लगानी प्रस्तावित भएको छ । चैत महिनामा मात्र आएका उद्योगले १ अर्ब रुपैयाँ लगानीको प्रस्ताव गरेको विभागले जनाएको छ।

बिज्ञापन

साना उद्योग दर्तामा वार्षिक लक्ष्य पूरा

यो वर्ष उद्योग विभागले २०० वटा साना उद्योग दर्ता गर्ने लक्ष्य लिएको थियो । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा मात्रै वार्षिक लक्ष्यभन्दा ११ प्रतिशत बढी उद्योग दर्ता भएको विभागका प्रवक्ता अर्जुन सेन ओलीको भनाइ छ ।

मझौला र साना उद्योगको हकमा भने लक्ष्यभन्दा निकै कम संख्यामा मात्रै उद्योग दर्ता हुन सकेका छन् । यो वर्ष ८५ वटा मझौला र ८० वटा साना उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा क्रमशः ३१.७६ प्रतिशत र ४५ प्रतिशत लक्ष्य पूरा भएको छ ।

विदेशी लगानी प्रतिवद्धतामा भने सरकार लक्ष्यलाई भेट्ने अवस्था देखिएको छ । सरकारले यो वर्ष ३८ अर्ब विदेशी लगानी प्रतिवद्धताको लक्ष्य लिएकोमा चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्म ७९.२१ प्रतिशत लक्ष्य हासिल भएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

क्वार्टरसहित शान्त ठाउँमा जान चाहेका सहसचिवको सामान्यको बरण्डामा सरुवा

भ्रष्टाचारको गन्ध: सान्जेन, लाङटाङ भोटेकोशी र सलासुलुङ्गी हाइड्रोपावरको रकममा बनेको पुल एक वर्षमै भत्कियो

अख्तियारका प्रमुख आयुक्तलाई हटाउने तयारी,जेनजीले माग्यो प्रेम राईसहित आयुक्तहरुको राजीनामा

बीपी राजमार्ग अवरुद्धपछि मन्थली–चरिकोट–दोललघाट हुँदै काठमाडौं वैकल्पिक मार्ग सञ्चालनमा

तातोपानी नाका पुनः सञ्चालन, आजदेखि सवारी आवागमन सुरू

सात जना सहसचिवहरूको सरुवा

निजामतीमा छन् ४५ हजार बढी दलका कार्यकर्ता कर्मचारी

घुस खाने महिला कर्मचारीको यस्तो छ रेकर्ड

बिशेष