उद्योग विभागमा उद्योग दर्ता धमाधम, ९ महिनामा २८६ उद्योग दर्ता

चालु आर्थिक वर्ष २०८०/८१ को ९ महिनाको अवधिमा २८६ वटा उद्योग दर्ता भएका छन् ।

बिज्ञापन

उद्योग विभागका अनुसार साउन–चैतसम्म सो संख्यामा उद्योग दर्ता भएको तथ्यांकमा देखिएको छ ।चैतमा मात्रै १० अर्ब ५९ करोड रुपैयाँ लगानीका २८ उद्योग दर्ता भएका छन् ।

बिज्ञापन

उद्योग विभागमा दर्ता भएका दुई सय ८६ उद्योगमध्ये ३६ ठूला, २७ मझौला र दुई सय २३ साना उद्योग रहेका छन् । विभागका अनुसार यी उद्योगहरूले २० हजार एक सय ३७ लाई रोजगारी दिने प्रस्ताव गरेका छन् । यो वर्ष उद्योग विभागले स्वदेशी तथा विदेशी लगानीका तीन सय ६५ उद्योग दर्ता हुने अनुमान गरेको छ ।

चैतसम्म विदेशी लगानीका २६९ उद्योग दर्ता भएका छन् । १६ वटा चैतमा दर्ता भएको विभागको तथ्यांक छ । यस अवधिमा ३० अर्ब १० करोड विदेशी लगानी प्रस्तावित भएको छ । चैत महिनामा मात्र आएका उद्योगले १ अर्ब रुपैयाँ लगानीको प्रस्ताव गरेको विभागले जनाएको छ।

बिज्ञापन

साना उद्योग दर्तामा वार्षिक लक्ष्य पूरा

यो वर्ष उद्योग विभागले २०० वटा साना उद्योग दर्ता गर्ने लक्ष्य लिएको थियो । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा मात्रै वार्षिक लक्ष्यभन्दा ११ प्रतिशत बढी उद्योग दर्ता भएको विभागका प्रवक्ता अर्जुन सेन ओलीको भनाइ छ ।

मझौला र साना उद्योगको हकमा भने लक्ष्यभन्दा निकै कम संख्यामा मात्रै उद्योग दर्ता हुन सकेका छन् । यो वर्ष ८५ वटा मझौला र ८० वटा साना उद्योग दर्ता गर्ने लक्ष्य रहेकोमा क्रमशः ३१.७६ प्रतिशत र ४५ प्रतिशत लक्ष्य पूरा भएको छ ।

विदेशी लगानी प्रतिवद्धतामा भने सरकार लक्ष्यलाई भेट्ने अवस्था देखिएको छ । सरकारले यो वर्ष ३८ अर्ब विदेशी लगानी प्रतिवद्धताको लक्ष्य लिएकोमा चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्म ७९.२१ प्रतिशत लक्ष्य हासिल भएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष