शहरी विकास मन्त्रालयका कर्मचारीले गरे आत्महत्या

शहरी विकास मन्त्रालयमा कार्यरत एक कार्यालय सहयोगीले आत्महत्या गरेका छन्। विगत १० बर्षदेखि करार सेवा शहरी विकास मन्त्रालयमा कार्यरत पुष्कर खड्काले आज बिहान आत्महत्या गरेका हुन ।खड्का पत्नी र छोराका साथमा मनोहरामा बस्दै आएका थिए । उनले आज बिहान जडिबुटीको फलामे पुल मुनी आत्महत्या गरेको बताइएको छ ।

बिज्ञापन

विगत केही समयदेखि मृगौला रोगबाट पीडित उनले तीन पटकसम्म  डायलासिस गरिसकेका थिए । मृगौला रोगकै कारण उनी पछिल्लो समयमा डिप्रेशनमा गएका निकटवर्तीहरुले कर्मचारी प्रेससँग बताएका छन् । आँखामा राख्दा समेत नबिझाउने स्वभावका खड्काले यही कारण आत्महत्याको बाटो रोजेको हुनसक्ने आँकलन गरिएको छ ।

बिज्ञापन

दोलखा तामाकोशी गाउँपालिका स्थायी ठेगना भएका खड्काको पत्नी  पनि करार सेवामै शहरी विकास मन्त्रालय मातहत रहेर काम गर्दै आइरहेकी छिन् ।

आत्महत्याको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष