एमडीका १ करोड सम्पत्ति वैध, २५ करोड अवैध

हाल निलम्बनमा रहेका नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले २३ करोड ७५ लाख ४६ हजार अकुत सम्पत्ति आर्जन गरेको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानविनमा उनीसँग एक करोड १९ लाख मात्र बैध सम्पत्ति रहेको खुलेको हो ।

बिज्ञापन

पौडेलसँग कुल २४ करोड ९४ लाख ७१ हजार कुल सम्पत्ति रहेकोमा त्यसमध्ये एक करोड १९ लाख २४ हजार रुपैयाँ बराबरको मात्र स्रोत खुलेको छ ।उनलाई हालसालै विशेष अदालतले पेमेन्ट गेटवे खरिदमा दोषी ठहर गरेको छ। अरु आठजनालाई सफाइ दिँदै शुक्रबार विशेषले सुनिललाई मात्रै २३ करोडभन्दा बढी भ्रष्टाचार गरेको ठहर गर्दै वैशाख २५ गते सजाय निर्धारणका लागि पेशी तोकेको छ।

बिज्ञापन

आइतबार आयोगले दायर गरेको अकुत आर्जन मुद्दामा पौडेलले २०६१ जेठ २० गतेदेखि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा प्रशासकीय अधिकृतको पदमा करार सेवामा नियुक्त भई ०६२ माघसम्म कार्यरत रहेका थिए।

०६५ असारदेखि २०७५ साउनसम्म राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कम्प्युटर इन्जिनियर काम गरको थिए भने २०७५ साउनदेखि २०७८ चैतसम्म नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक भएका थिए।

बिज्ञापन

ती सार्वजनिक पदमा रहँदा उनले आर्जन गरेको रकम र खर्च तथा बचतमा ठूलो अन्तर देखिएको आयोगको अनुसन्धानबाट खुलेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

क्वार्टरसहित शान्त ठाउँमा जान चाहेका सहसचिवको सामान्यको बरण्डामा सरुवा

भ्रष्टाचारको गन्ध: सान्जेन, लाङटाङ भोटेकोशी र सलासुलुङ्गी हाइड्रोपावरको रकममा बनेको पुल एक वर्षमै भत्कियो

अख्तियारका प्रमुख आयुक्तलाई हटाउने तयारी,जेनजीले माग्यो प्रेम राईसहित आयुक्तहरुको राजीनामा

बीपी राजमार्ग अवरुद्धपछि मन्थली–चरिकोट–दोललघाट हुँदै काठमाडौं वैकल्पिक मार्ग सञ्चालनमा

तातोपानी नाका पुनः सञ्चालन, आजदेखि सवारी आवागमन सुरू

सात जना सहसचिवहरूको सरुवा

निजामतीमा छन् ४५ हजार बढी दलका कार्यकर्ता कर्मचारी

घुस खाने महिला कर्मचारीको यस्तो छ रेकर्ड

बिशेष