बूढीगण्डकीमा ठूलो पहिरो आइरहेको छ, सचेत रहनु :-गृह मन्त्रालय

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)को संरक्षित क्षेत्रमा पर्ने गोरखाको चुमनब्री गाउँपालिका–१ सामागाउँको वीरेन्द्र तालमा माथिबाट खसेको हिमपहिरो मिसिँदा तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ। गोरखाको वीरेन्द्र तालमा हिम पहिरो बज्रिँदा तल्लो क्षेत्रमा बाढी आएसँगै गृह मन्त्रालयले सचेत रहन आग्रह गरेको छ ।

बिज्ञापन

 

बिज्ञापन

गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा जमेको हिमपहिरो खस्दा बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल बाढीले बगाएको र अरु थप क्षति हुन सक्ने भन्दै गृह मन्त्रालयले सचेत गराएको हो । बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको भन्दै गृहले सचेत रहन नदी आसपासका नागरिकलाई आग्रह गरेको हो।

ताल फुटेको नभइ माथिबाट खसेको हिमपहिरो तालमा मिसिएपछि पानी पनि छचल्किएको हो ।तालमा हिउँको पहिरो मिसिएपछि हिउँ पग्लेर तालमा पानीको आकार पनि बढ्यो। त्यही पानी बाहिर निस्क्दा तल्लो भेगमा बाढीको जोखिम थपिएको भन्दै जिल्ला प्रशासनदेखि गृह प्रशासनसम्मले सजक रहन भनेको छ ।

बिज्ञापन

बाढीले क्षति पुर्‍याउन सक्ने भन्दै धार्चे, आरुघाट लगायत क्षेत्रमा सतर्क रहन भनिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । मनास्लु बेसक्याम्पबाट हिउँ पहिरो गयो । तालमा हिउँ खस्यो । ढिक्का र चट्टान तालमा छ । हिउँ पहिरोले गोखराको चुमनुब्री गाउँपालिका १ स्थित वीरेन्द्रतावाट हिम पहिलो मिसिदा बूढीगण्डकी नदीमा पानीको बहाव उच्च भएको हुँदा स्थानीयहरुलाई सचेत र सजक रहन प्रशासनले आग्रह गरेको हो ।

बिहान पौने नौ बजे तिर तालमा ठूलो हिउँ पहिरो झरेको स्थानीयले बताएका छन्। ताल फुटेपछि बूढीगण्डकी नदीमा पानीको बहाब उच्च भएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३० शाखा अधिकृतको पदस्थापन : २५ पुगे भन्सार विभाग,५ लाई आन्तरिक राजश्व

अब कर्मचारी सरुवाको आवेदनदेखि निर्णयसम्म अनलाइनबाटै

४ कर्मचारी कारबाहीको दायरामा, मन्त्रालयद्वारा स्पष्टीकरण माग

महानिर्देशकसहित पाँचै जनालाई धरौटीमा रिहा गर्न आदेश

नयाँ सरकार बनेको तीन महिनामै ५ सय ८४ कर्मचारीले दिए राजीनामा

कोशी प्रदेशमा स्तरोन्नत प्रादेशिक कर्मचारी सूचना प्रणाली सञ्चालन, सम्पत्ति विवरणदेखि एसएमएस सूचनासम्मका नयाँ सुविधा थप

सुशीलाले रोकेको पिए सुविधा व्युँताइयो,एक जनाले थाप्नेछन् ३ लाख १२ हजार

३ करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद

बिशेष