एकै पटक चार देशका कुटनीतिज्ञसँग मुख्यसचिवको भेट,के भयो कुराकानी ?

नेपालस्थित विभिन्न चार देशका राजदूतले मुख्य सचिव बैकुण्ठ अर्यालसँग संयुक्त भेटघाट गरेका छन् ।

बिज्ञापन

आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उनीहरुले एक घण्टा लामो भेटवार्ता गरेका हुन् । भेटमा नर्वेका राजदूत तोरुन दर्मादल, जर्मनीका डा।थोमस प्रिन्ज, बेलायतका रोब फेन, स्वीजरल्याण्डका डनिएल मेउवली र एसियन विकास बैंकका कन्ट्री डाइरेक्टर अर्नाउद काउचोइस सहभागी थिए ।

बिज्ञापन

करिब एक घण्टाको भेटमा आसन्न लगानी सम्मेलनबारे कुरा भएको थियो । मुख्य सचिव भेट्न बिहान साढे ९ बजे प्रधानमन्त्री कार्यालय पुगेका उनीहरु साढे १० बजे बाहिरिएका थिए ।

लगानी बोर्ड नेपालको संयोजनमा आगामी वैशाख १६ र १७ गते नेपालमा लगानी सम्मेलनको आयोजना हुँदैछ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तीन दफाले प्रदेश निजामती मारमा,संशोधनका लागि सचिवसहित २० कर्मचारीको ज्ञापन

सात सहसचिवसहित २५ कर्मचारी गृहको बरण्डामा

भदौं अगाडि निजामती विद्येयक पारित हुने सम्भवना क्षीण, कुन- कुन उच्च प्रशासक मारमा ?

राष्ट्रिय सभामा पेश हुँदै निजामती विद्येयक,संशोधनका लागि ७२ घण्टाको समय

इमान्दार कर्मचारीले भ्रष्टाचारको अभियोगबाट कसरी बच्ने ?

इ गणेशराज वस्तीको कविता : त्यही ओछ्यान प्यारो छ

बजेटको घडी

भवन विभागमा ‘कन्सल्टेन्स माफिया’को बोलबाला : प्रगतिमा गिरावट, डीजीको कमिसनमा वृद्धि

बिशेष