५० हजार धरौटीमा छुटे सहसचिव तमाङ

सहसचिव रुद्रमान सिंह तमाङलाई ५० हजार धरौटीमा छुटेका छन् । अख्तियारले दुरुपयोग अनुसन्धान आयोगले गत ६ फागुनमा मेलम्ची खानेपानी परियोजनामा भएको भ्रष्टाचार मुद्धामा तमाङलाई समेत प्रतिवादी बनाउँदै विशेषमा मुद्धा दायर गरेको थियो । अध्यागमन विभागका महानिर्देशकको भूमिकामा रहेका तामाङ भ्रष्टाचार मुद्दामा मुछिएसँगै निलम्बनमा परेका थिए ।

बिज्ञापन

अख्तियारले मेलम्ची खानेपानी आयोजनाको तत्कालीन बोर्ड सदस्य रहेका बेला भ्रष्टाचार गरेको भन्दै महानिर्देशक तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले तामाङसहित पूर्वसचिव भीमउपाध्यायसमेत गरी १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको गरेको थियो । मेलम्ची खानेपानी आयोजनामा इटालियन ठेकेदार सीएमसीलाई डि रेभेनालाई मेलम्ची खानेपानी आयोगजनामा अनुचित ढंगले बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दायर गर्दा मेलम्ची खानेपानी विकास समिति सदस्यका रुपमा निर्णय प्रक्रियामा सहभागी भएको भन्दै तामाङविरुद्ध ११ करोढ ९ लाख बराबरको भ्रष्टाचार मुद्दा दायर भएको हो । सीएमसीलाई रकम भुक्तानी गर्ने समयमा तामाङ काठमाडौं महानगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत थिए ।

बिज्ञापन

अख्तियारले उनी विरुद्ध ११ करोड नौ लाख १७ हजार चार सय ५८ रुपैयाँ ८८ पैसा बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । बहालवाला कर्मचारीहरुलाई भ्रष्टाचार मुद्धा दायर गरेसँगै उनी निलम्बन परेका थिए ।  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरमा सोही दफाले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ (१) र ३ (१) (झ) बमोजिम कैद र जरिवाना गरी दफा १७ बमोजिम बिगो असूल हुन समेतको मागदाबी लिइएको थियो ।

यो प्रकरणमा अख्तियारले तत्कालीन सचिव डा संजय शर्मा, भिम प्रसाद उपाध्याय, गजेन्द्र कुमार ठाकुर, समितिका कार्यकारी निर्देशकसमेत १५ जना र परामर्शदाताहरु तथा निर्माण कम्पनीउपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर गरेकोमा बिहीबार बिशेष अदालतमा उपस्थित भएका तमाङलाई ५० हजार धरौटीमा छाड्ने आदेश भएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष