यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ महत्वपूर्ण निर्णय

  नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले एक दर्जन निर्णय गरेको छ । आज बसेको बैठकले बढुवा,पदस्थापन,गठन आदेश स्वीकृत गर्ने,विदेशी अनुदान र भ्रमण स्वीकृत गर्ने,प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदान बृद्धि गर्ने लगायतको निर्णय गरेको छ ।

बिज्ञापन

मन्त्रिपरिषद्को बैठकले सहसचिव कमलप्रसाद भट्टराईलाई राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) मा बढुवा गरी बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ भने माध्यमिक तह र आधारभूत तहमा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमश माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणी सरह कायम गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

यस्तै बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक ५ हजारका दरले वृद्धि गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधारसम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड जापानी येन अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ। परराष्ट्र मन्त्रालयअन्तर्गत एसियन डिजास्टर प्रिपेडनेस सेन्टरको सब सेन्टर शाखा नेपालमा स्थापना गर्न स्वीकृति दिइएको छ।

यस्तै संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ भने गृह मन्त्रालयको प्रस्तावमा २०८३ भदौ ४ र ५ गते भारतमा आयोजना हुने ‘ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट’को १४औँ बैठकमा सहभागी हुन गृह मन्त्रालयका सहसचिव नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय भएको छ।

बिज्ञापन

क्याविनेटले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल सरकार र साउदी अरेबियाबिच द्विपक्षीय हवाई सेवा सम्झौता गर्न स्वीकृति दिइएको छ।

यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश २०८३ स्वीकृत भएको छ। भुक्तानी तथा फर्छ्यौट ऐन २०७५ र नागरिक लगानी कोष ऐन २०४७ लाई संशोधन गर्न बनेका विधेयकहरू सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय भएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ महत्वपूर्ण निर्णय

सहसचिव भट्टराई सचिवमा बढुवा, बागमती प्रदेशको प्रमुख सचिवमा पदस्थापन

बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक ५ हजार वृद्धि

प्रधानमन्त्रीसँग १४ मन्त्री र मुख्यसचिवको कार्यसम्पादन सम्झौता

अनलाइनबाटै आवेदन दिएका २ हजारमध्ये ४ सयको सरुवा,एक सयको प्रक्रियामा

समयमा कार्यालय पुग्दैनन् कर्मचारी,१० हजार २६८ माथि कारवाहीको डण्डा बर्सदै

कर्मचारी अध्ययन बिदा विवादमा प्रदेश सरकारको निर्णय कार्यन्वयन नगर्न सर्वाेच्चको अन्तरिम आदेश

सरकारी जग्गा संरक्षण गर्ने निकायबाटै सरकारी सम्पत्तिको दोहन ?

बिशेष